ललितपुर, गोदावरी । नेपाली काग्रेस कोशीका सभापति उद्धव थापाले पार्टीलाई बलियो बनाउने र आगामी निर्वाचनमा पहिलो पार्टी बन्ने गरी जानुपर्ने विषय उठेको जानकारी गराएका छन् । त्यसैगरी पार्टीले युवा आकर्षण बढाउन नसकेको र गठबन्धनको विषयमा अहिले नै निर्णय गर्ने समय नभएको विषय उठेको पनि उनले जानकारी गराएका छन् ।
सुदूरपश्चिम सभापति वीरबहादसर बलायरले विपक्षीबाट घेराबन्दीमा परेको बेलामा महासमति सदस्यबाट पार्टी र देशको बारेमा चिन्ता र चासो आउनु राम्रो रहेको वियय उठेको जानकारी गराए । ‘यति धेरै चिन्ता र चासो आउनस, मुलुक राजनीतिक अप्ठेयारोमा रहेको छ । विपक्षीबार भेराबन्दीमा परेको बेला यो आउनु राम्रो हो,’ उनले भने।
उनले कांग्रेसको नेतृत्वमा युद्धरत माओवादीलाई जंगलबाट शान्तिपूर्ण राजनीतिमा नल्याएको भए देशको हालत के हुने थियो भने प्रश्न गरे । ‘देशको वस्तुस्थिति बुझेर वृहत शान्ति सम्झौताको माध्यमबाट क्षति न्यूनिकरण भयो । जंगलमा रहेको माओवादीलाई संसदभित्र हामीले लगेको हो । कांग्रेस देशको प्रमुख पार्टी भएकाले दस्तावेजको रुपमा दिएका छां । सदएको अभिव्यक्ति एक एक नीति र लक्ष्य बन्न सक्छ,’ उनले भने ।
त्यस्तै, कर्णाली प्रदेश सभापति ललितजंग शाहीले नीति प्रस्ताव सान्दर्भिक भएकालेृ इमानदार भएर कार्यान्वयन हुनुपर्ने बताए ।‘ नीति प्रस्ताव अत्यन्तै समयसान्दर्भिक भएको र यसलाई इमान्दारितापूर्वक कार्यान्वयनमा जानुपर्ने विषय आएको पनि उनले जानकारी गराएका छन्। उनले गठबन्धन गर्ने कि नगर्ने भन्ने विषयमा निर्णय लिन हतार हुने बताए ।
‘गठबन्धन भित्र अघि वा पछि भन्ने कुरा रणनीतिक विषय हो भन्ने धारणा आयो। यो तत्कालीन समयले माग गर्ने विषय हो। अहिलेनै गर्ने नगर्ने अलि हतार हो । तीनै प्रस्तावलाई चलयमान र गतिशित बनाउनुपर्छ ,’ उनले भने ।
वर्तमान गठबन्धन सर्वसम्मत रुपमा गरेकाले त्यसलार्य निरन्तरता दिन इमान्दारीता देखाउनुपर्नेमा उनले जोड दिए । केन्द्रीय सदस्य स्वतः महासमिति सदस्य हुने प्रस्ताव खारेज हुनुपर्ने उनले बताए ।
मेधश प्रदेशका सभापति कृष्ण यादवले महासमिति सदस्यहरुले निर्वाचनका क्रममा बढ्दो अन्तर्घात घटाउन सकेको पार्टी बलियो हुँदै जाने र टिकट वितरणलाई पारदर्शी बनाउनुपर्ने सुझाव प्राप्त गरेको जानकारी गराए । टिकट नपाएका साथीहरुले नै अर्को साथीलाई हराउन लागेका कारण अन्तर्घात बढेको उल्लेख गर्दै उनले भने, 'टिकट पाउने फिल्डमा खटिन्छ भने नपाउने हराउन लाग्छ।'
त्यसैगरी कांग्रेसमा युवा पुस्ताको आकर्षण घट्दै गएको विषयमा मधेश प्रदेशका महासमिति सदस्यहरु उठाएको उहाँले जानकारी गराए । उनले भने, 'महाधिवेशन र महाधिवेशनबीच दुई वर्ष फरक गर्नुपर्छ। यसो गर्दा सकारात्मक परिणाम प्राप्त गर्न सकिन्छ भन्ने आवाज उठेको छ।' सभापति यादवले मधेशमा कांग्रेस ठूलो पार्टी भए पनि सरकारको नेतृत्व लिन नसकेको पनि गुनासो आएको उनले जानकारी गराए ।
बागमती प्रदेशका सभापति इन्द्र बानियाँले किसानलाई आधुनि कृषितर्फ प्रोत्साहन गर्नुपर्ने, जनताका दैनिक जीवनका समस्याहरुलाई समाधान गर्न पहल गर्ने, सरकार र पार्टीबीच समन्वय गराउनुपर्ने र शिक्षा र स्वास्थ्यलाई नि:शुल्क गर्नुपर्नेलगायतका मागहरु उठेको जानकारी गराएका छन् ।
गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले केन्द्रदेखि स्थानीय तहमा पार्टी संरचनालाई बलियो बनाउनुपर्ने, टिकट वितरणलाई पारदर्शी बनाउने र आगामी निर्वाचनमा कांग्रेसलाई एकल बहुमत ल्याउनुपर्ने कुराहरु उठेको जानकारी गराएका हुन् ।
लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले तीन तहका सरकारले संविधानले दिएको अधिकारका लागि नेतृत्वदायी भूमिका खेल्नुपर्ने बारे जानकारी जानकारी गराए । उनले भने, 'गैरआवासीय नेपालीहरुलका लागि पनि आगामी निर्वाचनमा पनि मतदानको व्यवस्था गराउनर्ने कुरा उठेको छ, यसलाई व्यवस्थित गर्न कांग्रेस पहल गर्नु सुझाव प्राप्त भएको छ ।'
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।