ललितपुर । नेपाली कांग्रेसको महासमिति बैठक समापन समारोहमा पदाधीकारी, पूर्व पदाधीकारी, प्रदेश सभापति तथा मुख्यमन्त्री सबैले बोल्ने भएका छन् ।
सबैलाई दुई मिनेटको समय निर्धारण गरिएको छ। पार्टीको पदाधीकारी तथा पूर्व पदाधीकारीको बैठकले सो निर्णय गरेको हो ।
ललितपुरको गोदावारीस्थित गोदावरी भिलेज रिर्सोटमा बसको बैठक भर्खरै सम्पन्न भएको छ । बैठकले महासमिति बैठक सम्पन्न गर्ने प्राविधिक विषयमा निर्णय गरेको सहमहामन्त्री भिष्मराज आङ्देम्बेले जानकारी दिए ।
ूप्राविधिक विषय भनेको समापन समारोहमा बोल्न दिने विषय हो । सबैलाई २ मिनेटको समय निर्धारण गरेर बोल्न दिने निर्णय भयो,'उनले भने ।
कांग्रेस पदाधिकारी बैठक सकियो, महासमितिको समापन समारोहमा पेस गर्ने प्रतिवेदन तयार गरिँदै बैठकपछि पार्टी प्रचार विभाग प्रमुख मीन विश्वकर्माले भने, 'महासमिति बैठकको समापन समारोहमा पेस गर्ने प्रतिवेदनको तयारी गरिँदैछ। यसका लागि महामन्त्रीसहित केही नेताहरू बसेर प्रतिवेदन तयार पारिँदैछ।'
महासमिति बैठकको आज चौँथो दिन समापन गरिँदैछ। बैठकमा विभिन्न पाँच वटा प्रतिवेदनमाथि चार वटा समूहमा छलफल जारी छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।