मंगलवार, आश्विन २० २०८३Oct 06 2026

Logo
images images

कांग्रेस एक्लै चुनावमा जानुपर्छ, गठबन्धनको आवश्यकता छैन : भट्ट

कांग्रेस एक्लै चुनावमा जानुपर्छ, गठबन्धनको आवश्यकता छैन : भट्ट

  • मिडिया डबली
  • बिहिवार, फाल्गुण १० २०८०

  • 2.1K
    SHARES

  • कांग्रेस एक्लै चुनावमा जानुपर्छ, गठबन्धनको आवश्यकता छैन : भट्ट

    काठमाडौँ - नेपाली कांग्रेसका महासमिति सदस्य सुशिल भट्टले कांग्रेस एक्लै चुनावमा जानुपर्ने बताएका छन् ।

    बिहीबार ललितपुरको गोदावरीमा जारी पार्टीको महासमिति बैठकको बन्दसत्रमा बोल्दै उनले गठबन्धनको आवश्यकता नभएको बताएका हुन् ।

    उनले विधानमा उल्लेख भए अनुसार तोकिएका सबै बैठकहरु एक दिन पनि ढिला नगरी गरिनुपर्नेमा जोड दिए।

    कांग्रेसलाई गति दिन पार्टीको तल्लो तहदेखि केन्द्रीय समिति र निकायहरुमा युवाको प्रभावकारी प्रतिनिधित्वको व्यवस्था हुनुपर्ने समेत धारणा राखे ।

    ‘पार्टीमा युवाको आकर्षण बढाउन निश्चित प्रतिशत सुनिश्चिताको व्यवस्था होस् । पार्टीका युवालाई उत्पादन र रोजगारमा जोड्ने नीति पनि समेटियोस्’, उनले भने ।

    नियमित महाधिवेशन नहुँदा योग्य हुँदा हुँदै पनि भ्रातृ संगठनको राजनीतिबाट माथि उठ्न नसकेर पिल्सिएका कांग्रेसी युवाहरुको भावना समेटिनुपर्नेमा उनको जोड छ ।

    ‘अग्रजलाई सम्मान, युवालाई प्रोत्साहन’ भन्ने नारालाई आत्मसाथ गर्दै कांग्रेस अघि बढ्न्पर्ने उनले बताए । यस्तै पार्टी नेतृत्वका लागि उमेर हद, सदस्यदेखि पदाधिकारीसम्म बन्न पाउने समयसीमा तोकिनुपर्ने उनले बताए । यस्तै केन्द्रीय सदस्य र पदाधिकारी चयनको प्रक्रिया बदल्दै वडा तहदेखि नै प्रतिष्पर्धा गर्दै आउनुपर्ने पार्टीभित्र मत बलियो रहेको भन्दै उनले बैठकको ध्याकर्षण पनि गराए । ‘ त्यसले गर्दा केन्द्रीय सदस्य र पदाधिकारीहरु वडा तहदेखि नै प्रतिष्पर्धा गर्दै आउँदा उहाँहरु पनि थप बलसाली हुने र आम कांग्रेसीले सोचे अनुसारको पार्टी नेतृत्व बन्ने देखिन्छ’, उनको भनाइ थियो ।

    यस्तै ‘एक व्यक्ति एक पद’ को अवधारणा अनुसार पार्टी अघि बढ्नुपर्ने, भ्रष्टाचारविरुद्ध निर्मम बन्नुपर्ने, मन्त्री पठाउँदा विषयविज्ञ छानिनुपर्नेलगायतमा पनि उनले जोड दिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, फाल्गुण १० २०८०१२:४७:४१

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend