मंगलवार, आश्विन २० २०८३Oct 06 2026

Logo
images images

मेयर निलम्बित भए पछि राैतहटकाे विजयपुरको सातौं नगरसभा उपमेयरले गराइन

मेयर निलम्बित भए पछि राैतहटकाे विजयपुरको सातौं नगरसभा उपमेयरले गराइन

  • मिडिया डबली
  • शुक्रवार, फाल्गुण ४ २०८०

  • 2.9K
    SHARES

  • मेयर निलम्बित भए पछि राैतहटकाे विजयपुरको सातौं नगरसभा उपमेयरले गराइन

    सञ्जय मिश्रा 
    रौतहट ४ फागुन - लामो रस्साकसी पछी रौतहटको फतुवा विजयपुर सातौं नगरसभा सम्पन्न भएको छ।
     
    ४८ करोड भन्दा बढीको बजेट पारीत गर्दै बिहिवार फतुवा बिजयपुर नगरपालिकाको सातौं नगरसभा सम्पन्न भएको हो। कार्यवाहक मेयर अम्बेया खातुनको अध्यक्षतामा फतुवा विजयपुरको सातौं नगरसभा नगरपालिकाको सभाकक्षमा बिहिवार सम्पन्न भएको छ।
     
    सातौं नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उपसचिव सुरेन्द्र प्रधानले नगरसभामा चालु आर्थिक वर्ष २०८०/ ८१ का लागि कुल ४८ करोड पाँचलाख ८८ हजार दुई सय रूपैयाको बजेट सर्वजनिक गरेका थिए। नेपाल सरकारको संघीय बजेटबाट समानीकरण अनुदान, सशर्त अनुदान,पूँजिगत अनुदान, गरि जम्मा ३२ करोड ४१ लाख १२ हजार विनियोजन गरिएको  छ । संघीय राजस्व बाँडफाँडबाट नौ करोड ८२ लाख १४ हजार २ सय, मालपोत दस्तुर बाट ३० लाख,  जग्गा रजिष्ट्रेशन बाँडफाँड बाट एक करोड २० लाख, प्रदेश सरकारबाट प्राप्त हुने सवारी साधन कर बाट २५ लाख र  समानीकरण अनुदान रु। ८० लाख ६२ हजार,  समपुरक अनुदान २० लाख,  विशेष अनुदान ३० लाख, सशर्त पूँजिगत  ८० लाख, आन्तरिक श्रोत बाट एककरोड ५० लाख र सडक बोर्ड बाट प्राप्त हुने अनुदान ४७ लाख रहेको उपसचिव प्रधानले बाचन गरेका थिए।
     
    अधिकृत प्रधान नगर सभाले  शिक्षा , स्वास्थ्य , भौतिकपूर्वधार , कृषी र खानेपानी लगाएका क्षेत्रलाई विशेष प्रथमिकता दिएको बताएका थिए।
     
    सम्पन्न नगरसभामा ११ वटै वडाका अध्यक्ष सहित कार्यपालिकाको बहुमत सदस्यको उपस्तिति रहेको थियो । निलम्बित मेयर गोपाल प्रसाद यादव भने अनुपस्थित रहेका थिए। लालबकैया नदीको टेन्डरमा अख्तियार द्वारा दोषी ठहर भएर बिशेष अदालतले १५ लाख जरिवाना र ३ बर्ष कैदको फैसला सुनाएको थियो।
     
    फैसला संगै पछि मेयर यादवको पद धरापमा परेपछि उपमेयर खातुन कार्यवाहक बनेकी थिइन्। 
     
    कार्यवाहीको जिम्मेवारी पाएपछी खातुन र कांग्रेस पार्टी बाट निर्वाचित ७ जना वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरु संग सहमती नहुँदा ७ महिना ढिलो नगरसभा भएको छ।
     
    गत असार १० गतेभित्र हुनुपर्ने नगरसभा समयमा हुन नसक्दा त्यहाँ कार्यरत ३५० भन्दा बढी शिक्षक कर्मचारी गत साउन देखि तलब पाउन सकेका छैनन्। नेपाली कांग्रेस पार्टीको टीकट बाट, मेयर, उपमेयर,७ जना वडा अध्यक्ष सहित नगरपालिकामा पूर्ण बहुमह हुँदा पनि पार्टी भित्रै आन्तरिक खिचलोको कारण उनीहरू बीच सहमती हुनसकेको थिएन। वडा अध्यक्ष राजेश यादव सहितले कार्यवाहक मेयर खातुन माथि एकोहोरो गर्नखोजेको आरोप लगाएका थिए। उता मेयर खातुनले कांग्रेस पार्टीको ठूलो नेताको ईशारामा आफूलाई असफल बनाउन पटकपटक षड्यन्त्र भइरहेको बताउँदै आएकी छन्।
     
    प्रमुख प्रशासकीय अधिकृत उपसचिव सुरेन्द्र प्रधानको पहल बाट गत कार्तिकमा सामाजिक सुरक्षाभत्ता बितरण गरिएको थियो। फतुवा बिजयपुर नेपाली कांग्रेस रौतहटका जिल्ला सभापति एवं प्रदेश सांसद सुनिल कुमार यादव ९ जितेन्द्र० को गृह नगर हो।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, फाल्गुण ४ २०८०१०:५८:२०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend