मंगलवार, आश्विन २० २०८३Oct 06 2026

Logo
images images

प्रेमीसँग भ्यालेन्टाइन डे मनाउन गएकी बालिकामाथि सामूहिक बलात्कार, एकजना पक्राउ

प्रेमीसँग भ्यालेन्टाइन डे मनाउन गएकी बालिकामाथि सामूहिक बलात्कार, एकजना पक्राउ

  • मिडिया डबली
  • बिहिवार, फाल्गुण ३ २०८०

  • 3.0K
    SHARES

  • प्रेमीसँग भ्यालेन्टाइन डे मनाउन गएकी बालिकामाथि सामूहिक बलात्कार, एकजना पक्राउ

    मुकेश कुमार यादव
    सिरहा, ३ फागुन  । सिरहामा प्रेमीको जालमा परी भ्यालेन्टाइन डे मनाउन गएकी एक बालिका सामूहिक बलात्कार परेकाे घटना बाहिरिएको छ। 

    प्रेमीले 'सरस्वती पूजा र भ्यालेन्टाइन डे'को बहानामा बालिकालाई लहानस्थित साथीको डेरामा लगेर बालिकामाथि सामूहिक बलात्कार गरेको घटना बाहिरिएको हो। 

    बालिका बलात्कार आरोपमा  बिहीबार सुखिपुर नगरपालिका-२ का मणिराम यादवको छोरा वर्ष १८ को निकेश कुमार यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। घटनामा संलग्नलाई अन्यकाे खोजतलास गरिरहेको प्रहरीले जनाएको छ ।

    ती बालिकालाई ललाई फकाई साथीको डेरामा लगेर करणी गरेको आरोपमा  बिहीबार बिहान घरबाटै निकेशलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता राजेन्द्र राज पाण्डे जानकारी दिए ।
     
    निकेशले किशोरीलाई लहान १ स्थित अरुण कुमार यादवको डेरामा लगेर बुधबार अपरान्ह ललाई फकाई जबरजस्ती गरणी गरेको र सोही कारण आफू बिरामी भएको आफन्तलाई जानकारी गराउनासाथ परिवारले उजुरी दिएका थिए ।  बालिका रक्ताम्य अवस्थामा डेरामै अचेत देखिएपछि एकजनाले आफन्तलाई खबर गरेका थिए ।

    किशोरीको उपचार विराटनगरमा भइरहकको र अवस्था समान्य रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।  

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, फाल्गुण ३ २०८००३:२०:४९

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend