मंगलवार, आश्विन २० २०८३Oct 06 2026

Logo
images images
आजको बिशेष

धर्मगुरु बागेश्वर धामसँग जन्मदिन मनाउँदा उद्योगपति वरुण चौधरीको खुशी

धर्मगुरु बागेश्वर धामसँग जन्मदिन मनाउँदा उद्योगपति वरुण चौधरीको खुशी

  • मिडिया डबली
  • बुधवार, फाल्गुण २ २०८०

  • 1.7K
    SHARES

  • धर्मगुरु बागेश्वर धामसँग जन्मदिन मनाउँदा उद्योगपति वरुण चौधरीको खुशी

    काठमाडाैं, २ फागुन - नेपाली डलर अर्बपति वरुण चौधरीले आफ्नो जन्मदिन चर्चित हिन्दु धर्म गुरु बागेश्वर धाम सरकारसँग मनाएका छन् । आफूले बागेश्वर धाम सरकारसँग जन्मदिन मनाउने अवसर पाउँदा जीवनको सबैभन्दा सफल जन्मदिन बनेको वरुणले इन्स्ट्राग्राममार्फत् खुशी सार्वजनिक गरेका छन् ।

     फेब्रुअरी १३ मा आफ्नो जन्मदिन मनाउन चौधरी बागेश्वर धाम पुगेका थिए भने बागेश्वर धामले आफ्नो बागेश्वर धाम सरकार नामक फेसबुक मार्फत् हिन्दीमा "सम्माननीय सरकारका प्रियतम नेपालका उद्योगपति श्री वरुण चौधरीसँग आगामी कन्याको विवाहको निमन्त्रणा र स्नेहपूर्ण आशीर्वाद, सम्माननीय सरकारको पवित्र उपस्थितिमा वरुणजीले नेपालमा हिन्दु राष्ट्रको ज्योति जगाउदै हुनुहुन्छ" भन्दै वरुण र बागेश्वर धामको तस्बिर सार्वजनिक गरेको छ ।

     केही समयअघि वरुण चौधरीको निमन्त्रणामा बागेश्वर धाम सरकार नेपालको चौधरी भिलेज नवलपुरमा रहेको शाश्वत धाममा तिन दिन हनुमन्त कथा वाचन गर्न आएका थिए । चौधरीले नेपालमा हिन्दु पुनर्जागरणको लागि समेत काम गर्दै आइरहेका छन् ।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, फाल्गुण २ २०८००१:१६:३२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend