काठमाडौं - काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) र धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङ राईले राष्ट्रिय सभा सदस्य निर्वाचन बहिष्कार गरेका छन् ।
राष्ट्रिय सभा सदस्य निर्वाचनको लागि बागमती प्रदेशको तर्फबाट राजधानी हेटौँडामा मतदान भइरहेको छ । तर बालेन हेटौंडा गएनन् । उपप्रमुख सुनिता डंगोल भने मतदानका लागि हेटौँडा पुगेकी छन् । धरानका मेयर हर्कले पनि राष्ट्रिय सभा सदस्यको निर्वाचनमा भोट हालेनन् ।
उनी धरानमै छन् । कोशी प्रदेशको मतदानस्थल विराटनगर हो । एक वर्षअघि सम्पन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पनि बालेनले प्रदेशतर्फको मतदान बहिष्कार गरेका थिए । बालेन र हर्क दुवै संघीयताको विपक्षमा रहँदै आएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।