आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

संघ र प्रदेश मातहतका अस्पताललाई पनि कारबाही गर्ने बालेनको चेतावनी

संघ र प्रदेश मातहतका अस्पताललाई पनि कारबाही गर्ने बालेनको चेतावनी

  • मिडिया डबली
  • बुधवार, जेठ ३१ २०८०

  • 1.7K
    SHARES

  • संघ र प्रदेश मातहतका अस्पताललाई पनि कारबाही गर्ने बालेनको चेतावनी

    काठमाडौं - काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह (बालेन) ले स्वास्थ्यसम्बन्धी कानुन÷मापदण्ड पालना नगर्ने संघ र प्रदेश मातहतका अस्पताललाई पनि कारबाही गर्ने चेतावनी दिएका छन् ।

    उनले बुधबार बिहान सामाजिक सञ्जालमार्फत महानगरपालिकाले जेठ ६ गते नै विपन्न वर्गका विरामीलाई कुल बेडको १० प्रतिशत निःशुल्क उपचार गर्नुपर्ने सूचना जारी गरिसकेको र अहिलेसम्म कार्यान्वयनमा नआएको उल्लेख गर्दै उनले अब कानुन र मापदण्ड पालना नगर्ने संघ र प्रदेश मातहतका सरकारी अस्पतालमा पनि हस्तक्षेपकारी कानुनी कारबाही गर्ने चेतावनी दिएका छन् ।

    ‘काठमाडौं महानगरपालिकाभित्र रहेका सबै प्रकृति र तहका अस्पतालहरुले देखिने गरी सेवासुविधामा सर्वसाधारणको पहुँच स्थापित गर्ने गरी सुधार नगरेमा र प्रचलित स्वास्थ्यसम्बन्धी कानुन÷मापदण्डको पालना नगरेको पाइएमा संघ÷प्रदेश मातहतका अस्पतालहरुमा समेत हस्तक्षेपकारी कानूनी कारवाही गरिने व्यहोरा यसै विज्ञप्तिमार्फत सम्बन्धित सबैलाई सूचित गरिन्छ,’ बालेनले भनेका छन् ।

    काठमाडौं महानगरपालिकाले आफ्नो अधिकार क्षेत्रभित्र रहेका गैरकानूनी ढंगबाट सञ्चालन भएको दुईवटा स्वास्थ्य संस्था बन्द गरेको र यस कार्यलाई अझ प्रभावकारी बनाउन महानगरपालिकाअन्तर्गत रहेको स्वास्थ्य विभागलाई सघन अनुगमन गरी कानूनी दायरामा स्वास्थ्य संस्थालाई ल्याउन स्पष्ट निर्देशन दिइएको बालेनको भनाइ छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, जेठ ५ २०८३१०:५१:५९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend