आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images
राजनीतिक बिशेष

बालेनलाई प्रश्न, नेपाल भनेको काठमाडौं मात्र हो ?

बालेनलाई प्रश्न, नेपाल भनेको काठमाडौं मात्र हो ?

  • मिडिया डबली
  • बिहिवार, कार्तिक १६ २०८०

  • 2.0K
    SHARES

  • बालेनलाई प्रश्न, नेपाल भनेको काठमाडौं मात्र हो ?

    काठमाडौं - मेयर्स फोरमको बैठक बहिष्कार गरेर हिँडेका काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह बालेन यतिबेला चर्चामा छन्।

    मेयर्स फोरमको अध्यक्षता गर्न नदिएको, बैठकमा आफूले सुरुमा बोल्न नपाएको भन्दै बालेनले मंगलबार बसेको फोरमको बैठक बहिष्कार गरेका थिए ।

    काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको जिम्मा नेपवेस्ट कम्पनीलाई दिन लागेको भन्दै बालेन आक्रोशित भएर हिँडेका थिए ।

    बुढानिलकण्ठस्थित गोकर्ण पार्क भिलेज रिसोर्टमा भएको बैठकमा त्यसदिन नेपवेस्टले प्रस्तति दिने कार्यक्रम थियो । तर एजेन्डा नै प्रस्तुत नहुँदै बालेनले बोल्न पाउनुपर्ने अड्डी लिएपछि ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले केही समय कुर्न भनेका थिए । उनले एजेन्डा प्रस्तुत भएपछि बोल्न आग्रह गरेपछि बालेन झोक्किँदै हिँडेका थिए ।

    मेयर्स फोरमको बैठक बहिष्कार गरेर हिँडेपछि बालेनको चौतर्फी आलोचना भएको छ । बालेनमा धैर्यता नभएको, अरुको कुरा सुन्न नचाहेको भन्दै उनलाई घमण्डी मेयरको रुपमा चित्रण गरिन थालेपछि बालेनले बुधबार राति सामाजिक सञ्जालमा आक्रोशयुक्त स्टाटस लेखे । बालेनको सो स्टाटस क्षणभरमै भाइरल बन्यो । तर सँगसँगै उनको आलोचना पनि भइरहेको छ ।

    उनले उपत्यकका १७ वटा नगरपालिका प्रमुखलाई भ्रष्टाचारी र चोर भनेर लाञ्छना लगाएका छन् । उनले सबै मिलेर देश नै बेचे पनि काठमाडौं एक्लै भए पनि लड्ने दाबी गरेका छन् ।

    अब प्रश्न उठ्छ, नेपाल भनेको काठमाडौं महानगरपालिका मात्रै हो ? काठमाडौंका मेयरबाहेक सबै भ्रष्टाचारी र गद्दार हुन् ? होइन भने बालेन अरुप्रति किन संयम किन देखिँदैनन् ? मेयर्स फोरम कुनै आधिकारिक निकाय होइन ।

    यो एउटा फोरम मात्रै हो । नगरपालिकामा हुने काम र विकासबारे साझा धारणा बनाउने थलो हो । तर त्यसको सीमा नै नबुझी बालेनले जसरी आफू मात्र राम्रो, जान्ने, निष्ठावान अरु सबै भ्रष्टाचारी, गद्दार भनेर प्रस्तुत गरिरहेका छन् त्यसले उनको लोकप्रियता चाँडै समाप्त हुने सम्भावना छ ।

    बालेन जति इमान्दार व्यक्ति धेरै छन् नेपालमा । उनीभन्दा पनि बढी शिक्षित र क्वालिफाइड मान्छेको कमी छैन । अवसर नपाएर मात्र हो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, जेठ ५ २०८३१०:५१:५९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend