भारतको गुजरातमा एउटा डुंगा डुब्दा १६ जनाको मृत्यु भएको छ । गुजरातको बदोदरामा रहेको हर्नी तालमा भएको दूर्घटनामा १४ जना विद्यार्थी र दुई शिक्षकको ज्यान गएको हो ।
पाँच जना बालबालिकालाई भने जिवितै उद्धार गरिएको छ । विद्यालयबाट पिकनिक गएको समुह डुंगा दुर्घटनामा परेको हो ।
क्षमताभन्दा बढी यात्रु बोकेको तथा याुत्रहरुलाई लाइफ ज्याकेट समेत नदिएका कारण घटनामा धेरैले ज्यान गुमाएको भारतीय संचार माध्यमले जनाएका छन् ।
भारत सरकारले घटनाप्रति गहिरो समवेदना प्रकट गर्दै मृतकका परिवारलाई क्षतिपुर्ति दिने घोषणा गरेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।