काठमाडौं - नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवं प्रदेश सभा सदस्य इन्द्रबहादुर बानियाँले मानिसले धैर्य गर्न छाड्न नहुने, एक दिन अवश्य सफलता पाइने बताएका छन् ।
शुक्रबार भक्तपुरमा आयोजित नेपाल तेक्वान्दो संघ बागमती प्रदेशको दोस्रो साधारणसभामा उनले खेलाडीले कहिल्यै हतार गर्न नहुने भन्दै धैर्य राख्न सुझाव दिए ।
उनले तेस्रो, दोस्रो भएँ भनेर चिन्तित हुन नहुने भन्दै एक दिन पहिलो स्थानमा पुग्ने पनि बताए ।
सभापति बानियाँले आफू २०६४ को निर्वाचनमा दोस्रो भए पनि त्यसपछि हरेकपटकको निर्वाचनमा पहिलो रहँदै आएको स्मरण पनि गरे ।
अझ खेलाडीमा पनि धैर्य राख्ने क्षमता हुनुपर्ने बताए । उनले बागमती प्रदेशमा तेक्वान्दो संघको दर्ता बन्द रहेकाले खुलाउने प्रयास गर्ने बताए । उनले खेल जीवन हो भन्ने आफूले तेक्वान्दो खेलको विकासमा सक्दो सहयोग गर्ने पनि बताए ।
सभापति बानियाँले खेलाडी राष्ट्रका गहना भएको उल्लेख गर्दै आफूले तेक्वान्दोलाई गाउँगाउँसम्म पुर्याउन लागिपर्ने प्रतिबद्धता पनि जनाए ।
कार्यक्रममा कांग्रेस प्रदेश सांसद मिनकृष्ण महर्जन, तेक्वान्दो संघ बागमतीका अध्यक्ष केशव पुरीलगायत सहभागी थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।