आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

बागमतीमा डोरमणिको सरकार ढल्दै, कांग्रेस नेता बानियाँको खुलासा

बागमतीमा डोरमणिको सरकार ढल्दै, कांग्रेस नेता बानियाँको खुलासा

  • मिडिया डबली
  • बुधवार, श्रावण ६ २०७८

  • 7.6K
    SHARES

  • बागमतीमा डोरमणिको सरकार ढल्दै, कांग्रेस नेता बानियाँको खुलासा

    काठमाडौं – केन्द्रमा नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धनले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई परास्त गरेपछि अब बागमती प्रदेशमा ओली पक्षकै मुख्यमन्त्री डोरमणि पौडेलको सरकार पनि ढल्ने भएको छ ।

    बागमतीमा नेपाली कांग्रेस, नेकपा एमालेको माधवकुमार नेपाल समूह र नेकपा माओवादी केन्द्र मिलेर स्पष्ट बहुमत पुग्ने तथा नयाँ मुख्यमन्त्री बनाउन सकिने देखिएको छ ।

    नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता तथा मकवानपुरका सभापति इन्द्रबहादुर बानियाँले मुख्यमन्त्री पौडेल नेतृत्वको प्रदेशको सरकार केहीदिनमै ढल्ले नेता कार्यकर्तालाई बताएका छन् ।

    ‘दुईतिहाइ सरकारले दिन नसकेको खोप अब कांग्रेस नेतृत्वको सरकारले दिनेछ । हाम्रो पहिलो प्राथमिकता सबै जनतालाई खोप लगाउनु र भोकबाट बचाउनु हुनेछ र विकास पनि महत्त्वपूर्ण कुरा हो । तर विकासभन्दा जनताको स्वास्थ्य थप महत्त्वपूर्ण हो । त्यसैले सरकारको सम्पूर्ण ध्यान जनतालाई बचाउनुमै हुनेछ,’ उनले भने ।

    प्रदेश सरकार फेरबदल गर्नुअघि देउवा सरकारले प्रदेश प्रमुख परिवर्तन गर्नुपर्ने माग प्रदेशबाट उठिरहेको छ । लुम्बिनी प्रदेशमा समेत प्रदेश प्रमुखले बलमिच्याइँ गरेर मुख्यमन्त्री शंकर पोखरेललाई कायमै राखिएको छ । प्रदेश प्रमुख परिवर्तन भएपछि बागमती र लुम्बिनीमा मुख्यमन्त्री हटाएर नयाँ बनाइने भएको छ । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend