मंगलवार, आश्विन २० २०८३Oct 06 2026

Logo
images images

कोशीका सभामुख विष्टलाई आपत, कुर्सीमा बसौं पार्टीले नमान्ने, नबसौं हात परेको पद गुम्ने

कोशीका सभामुख विष्टलाई आपत, कुर्सीमा बसौं पार्टीले नमान्ने, नबसौं हात परेको पद गुम्ने

  • मिडिया डबली
  • बुधवार, पौष २५ २०८०

  • 2.5K
    SHARES

  • कोशीका सभामुख विष्टलाई आपत, कुर्सीमा बसौं पार्टीले नमान्ने, नबसौं हात परेको पद गुम्ने

    काठमाडौं - कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्ट धर्मसंकटमा परेका छन् । मंगलबार निर्विरोध निर्वाचित भएर प्रदेश प्रमुख परशुराम खापुङसमक्ष पद तथा गोपनीयताको शपथ लिएका विष्टलाई पार्टीले पद त्याग गर्न आग्रह गरेकाले धर्मसंकटमा परेका हुन् ।

    पार्टी केन्द्रसँग कुनै समन्वय नै नगरी विष्टले सभामुखमा उम्मेदवारी दिएको नेताहरूको भनाइ छ । रवीन्द्र मिश्र, प्रकाशचन्द्र लोहनी, धवलशमशेर राणालगायत विष्टको निर्णयप्रति असन्तुष्ट छन् ।

    तर राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन भने मौन देखिएका छन् । विष्ट अध्यक्ष लिङ्देनकै गृहजिल्ला झापाका हुन् । प्रदेश खारेज गर्नुपर्छ, यो संविधान खारेज गर्नुपर्छ भन्ने मूल माग राखेर आन्दोलनमा जाने घोषणा गरेको राप्रपाले सभामुख लिएपछि संकट परेको हो ।

    विष्ट सभामुखको उम्मेदवार बनेपछि डा. प्रकाशचन्द्र लोहनी अध्यक्ष रहेको केन्द्रीय निर्देशन समितिले उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको थियो । तर, उम्मेदवारी फिर्ता गरेनन् ।

    अन्ततः उनी वर्तमान कोशी संसदको दोस्रो सभामुख भए । स्रोतका अनुसार अध्यक्ष लिङ्देनकै ‘ग्रीन सिग्नल’ पाएपछि विष्टले सभामुखमा उम्मेदवारी दिएका हुन् । मंगलबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा अध्यक्ष लिङ्देन थिएनन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, माघ २ २०८०१२:३३:५५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend