आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

मदिराको सुरमा ‘तैले के भनिस् रे’ भनेपछि पूर्वआईजी सर्वेन्द्रको कठालो समातियो

मदिराको सुरमा ‘तैले के भनिस् रे’ भनेपछि पूर्वआईजी सर्वेन्द्रको कठालो समातियो

  • मिडिया डबली
  • मंगलवार, पौष १७ २०८०

  • 369.6K
    SHARES

  • मदिराको सुरमा ‘तैले के भनिस् रे’ भनेपछि पूर्वआईजी सर्वेन्द्रको कठालो समातियो

    काठमाडौं - नेपाल प्रहरीका पूर्वआईजीपी सर्वेन्द्र खनाल आफूलाई निकै स्मार्ट ठान्छन् ।

    अहिले पनि उनले बहालवालाकै जस्तो रवाफ देखाउन थालेका छन् । सांसद अपहरण काण्डमा मुछिएका खनाल यसबीचमा एमाले प्रवेश गरी काठमाडौं र तनहुँ १ बाट चुनावसमेत लडे ।

    तर दुवैतिर लज्जास्पद ढंगले पराजित भए । आफूलाई केपी ओलीको किचेन क्याबिनेट मान्ने खनाल केही दिनअघि आफूभन्दा जुनियर अधिकृतबाट रामधुलाई खानबाट जोगिए ।

    गत मंसिर १७ गते सशस्त्र प्रहरी बलका पूर्वडीआईजी माधव थापाको छोराको विवाह भोजमा खनाल धुलोपिठो हुनबाट बालबाल बचेका हुन् । लाजिम्पाटस्थित होटल र्याडिसनमा आयोजित भोजमा धेरैजसो प्रहरीकै भूपू अधिकारीहरू निम्तालु थिए ।

    भोजमा मदिराको चुस्कीसँगै राजनीतिक विषयमा कुराकानी हुन थाल्यो । पूर्वएआईजी राजेन्द्रबहादुर सिंह र सर्वेन्द्र खनाललगायतबीच वर्तमान राजनीतिक परिस्थितिको बारेमा कुराकानी हुन थाल्यो ।

    सिंहले दलहरू असफल हुन थालेको बताएपछि खनालले राजाको पक्षमा जनता नआएको प्रतिवाद गरे । सोही समयमा नेपाल प्रहरीकै पूर्वएसपी दीपक खरेल आइपुगे ।

    उनले खनाल परिवारलाई राजावादी, कांग्रेस, माओवादी, एमाले भएको आरोप लगाए । खनाल रिसाउँदै ‘तैँले के भनिस् रे’ भन्दै उनलाई गाली गर्न थालेपछि आक्रोशित भएका खरेलले कसलाई तँ भनेको भन्दै खनालको कठालो नै समाते ।

    खरेल र खनालबीच मल्लयुद्ध नै सुरु भएपछि अरुले दुवैलाई तितरवितर पारेपछि स्थिति सामसुम पारेका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, पौष २१ २०८१०८:४५:१९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend