आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

तनहुँमा किसान श्रेष्ठ फकाउँदै सर्वेन्द्र खनाल, ‘मुभ’ हेर्दै माधव नेपाल

तनहुँमा किसान श्रेष्ठ फकाउँदै सर्वेन्द्र खनाल, ‘मुभ’ हेर्दै माधव नेपाल

  • मिडिया डबली
  • मंगलवार, चैत्र २१ २०७९

  • 7.7K
    SHARES

  • तनहुँमा किसान श्रेष्ठ फकाउँदै सर्वेन्द्र खनाल, ‘मुभ’ हेर्दै माधव नेपाल

    काठमाडौं - एकीकृत समाजवादीले सोमबार औपचारिक रूपमै उपनिर्वाचनमा गठबन्धनका साझा उम्मेदवारलाई भोट हाल्न पार्टी पंक्तिलाई निर्देशन दिएको छ ।

    उपनिर्वाचनमा आफ्ना उम्मेदवार नभएकाले भोट विपक्षी उम्मेदवारले तान्ने आशंकामा एकीकृत समाजवादीले पार्टी सचिवालय बैठक राखेरै निर्णय गरेको हो । यो निर्णयपछि अब एकीकृत समाजवादीका नेताहरूलाई एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाका उम्मेदवारसँग हिमचिम बढाउन बन्देज भएको छ ।

    तर तनहुँ २ मा एमालेबाट उम्मेदवार बनेका सर्वेन्द्र खनाल भने एकीकृत समाजवादीका सांसद किसान श्रेष्ठ फकाउन हरेक दिन सम्पर्कमा रहेको बुझिएको छ । टिकट पाउने कन्फर्म भएपछि खनाल श्रेष्ठलाई भेट्न उनको निवास पुगेका थिए । उनले आफूलाई सहयोग गर्न आग्रह गरेका थिए ।

    तर श्रेष्ठले कुनै उत्तर नदिएको बताइन्छ । उम्मेदवारी दर्ता गरेपछि खनाल अहिले निर्वाचन क्षेत्रमै क्रियाशील छन् । तर उनले श्रेष्ठसँग संवाद भने जारी राखेको स्रोतले बतायो । तनहुँमा किसान श्रेष्ठको राम्रो पहुँच छ ।

    पार्टीले तनहुँ २ मा नौ सय मत ल्याए पनि उनको व्यक्तिगत मत भने धेरै रहेको बताइन्छ । खनालले श्रेष्ठसँग हिमचिम बढाएको कारण पनि त्यही हो । त्यसमा पनि श्रेष्ठ र खनाल साथी हुन् । एमालेमा हुँदा किसान श्रेष्ठ र खनाल सांसद अपहरण काण्डमा मुछिएका थिए ।

    खनाल एमाले प्रवेश गर्नकै लागि श्रेष्ठ, महेश बस्नेतको सम्पर्कमा थिए । आईजीपी हुँदा खनालले धेरै पैसा श्रेष्ठको व्यापार व्यवसायमा लगानी गरेको एमाले स्रोतले बताएको छ । त्यही भएर पनि अहिले श्रेष्ठले खनाललाई सहयोग गर्नसक्ने आंकलन गरिएको छ ।

    तर खुट्टा भाँचिएर घरमै बसिरहेका श्रेष्ठको मुभबारे एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वाच गरिरहेको बताइन्छ । यदि भोलि तनहुँ २ मा कांग्रेस उम्मेदवार गोविन्द भट्टराईलाई असहयोग गरेको भेटिएमा किसान श्रेष्ठको मन्त्री हुने सम्भावना समाप्त हुने एकीकृत समाजवादीका एक नेताले बताए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २४ २०७८१२:४२:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend