आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

सर्वेन्द्र खनाललाई एमालेको उपेक्षा, उम्मेदवारी मनोनयनमा देखिएनन् केन्द्रीय नेता

सर्वेन्द्र खनाललाई एमालेको उपेक्षा, उम्मेदवारी मनोनयनमा देखिएनन् केन्द्रीय नेता

  • मिडिया डबली
  • सोमवार, चैत्र २० २०७९

  • 5.2K
    SHARES

  • सर्वेन्द्र खनाललाई एमालेको उपेक्षा, उम्मेदवारी मनोनयनमा देखिएनन् केन्द्रीय नेता

    काठमाडौं- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पावर भिडाएर तनहुँ २ मा टिकट हात पार्न सफल पूर्वआईजीपी सर्वेन्द्र खनालको उम्मेदवारी मनोनयन दर्ता फिक्का देखिएको छ । कांग्रेसले महामन्त्री गगन थापालाई आफ्ना उम्मेदवार गोविन्द भट्टराईको मनोनयन दर्ताका लागि पठाएको थियो । तर एमालेले एकजना केन्द्रीय सदस्यसमेत तनहुँ पठाएन । केन्द्रको सोर्सफोर्स लगाएर टिकट हात पारेको भन्दै तनहुँमा एमाले नेता कार्यकर्ता असन्तुष्ट बनेका छन् ।

    काठमाडौं ६ मा लज्जास्पद ढंगले चुनाव हारेर पनि फेरि सांसद बन्ने धोको पूरा गर्न खनालले टिकट हात पारेपछि एमाले तनहुँमा लामो समयदेखि राजनीति गर्दै आएकाको जोश जाँगर मरेको छ । सानो झुन्ड बोकेर खनाल उम्मेदवारी दर्ता गर्न पुगेका थिए ।

    उनको प्रस्तावकमा एमालेकी भगवती न्यौपाने र समर्थकमा एकबहादुर राना छन्। राना मंसिर ४ गते भएको निर्वाचनमा राष्ट्रपति रामचन्द्र पौडेलका प्रतिस्पर्धी थिए। उनी पराजित भएका थिए। तर, यसपटक एमालेले रानामाथि अन्याय गरेको छ । जबकि खनालको उम्मेदवारी मनोनयनका लागि उपमहासचिव प्रदीप पौडेल तनहुँ जाने भनिएको थियो । तर ज्ञवालीले मानेनन् ।

    सांसद अपहरण काण्डमा मुछिएका खनाल त्यसै पनि विवादास्पद चरित्र भएका व्यक्ति हुन् । त्यसमाथि काठमाडौंमै पराजित भएर तनहुँ पुगेका उनलाई त्यहाँका जनताले नस्वीकार्ने सम्भावना धेरै छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, फाल्गुण २६ २०७७०६:०१:३३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend