काठमाडौं जसपा सांसद डा. सुरेन्द्रप्रसाद यादव अपहरण काण्डमा मुछिएका पूर्वआईजीपी सर्वेन्द्र खनाल एमाले प्रवेश गरेका छन् ।
यादवलाई खनाल, महेश बस्नेत, किसान श्रेष्ठको समूहले जनकपुरबाट गाडीमा हालेर काठमाडौंको मेरियट होटलमा राखेको थियो ।
आफू अपरहणमा परेको थाहा पाएपछि यादव भागेका थिए । बिहीबार पार्टी कार्यालय च्यासलमा एमाले अध्यक्ष केपी ओलीलगायतका नेताहरुले खनाललाई पार्टी प्रवेश गराए । ओलीको शीतल छहारी पाउने विश्वासमा पार्टी प्रवेश गरेको उनले बताए ।
आफू प्रहरी निरीक्षकबाट सेवामा प्रवेश गरेर आईजीपीबाट अवकाश पाएको बताउँदै उनले ओली गृहमन्त्री हुँदा आफू इन्स्पेक्टर रहेको बताए । विभिन्न समूह तथा पार्टीका नाममा भएका आपराधिक गतिविधि नियन्त्रणमा पनि आफू प्रधानमन्त्री हुँदा ओलीले काम गरेको बताउँदै उनले सिके राउतलाई शान्तिपूर्ण राजनीतिमा ल्याएको बताए ।
साथै नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालाई पनि शान्न्तिपूर्ण राजनीतिमा ल्याएका ओली जस्ता नेता हामीले अर्को पाउन नसकेको उनले बताए । ओलीले आगामी निर्वाचनमा खनाललाई तनहुँबाट प्रतिनिधिसभाको टिकट दिने आश्वासन दिएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।