आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

उखुको समर्थन मूल्य छिटो तोक्न सरकारसँग कांग्रेस सांसद चौधरीको माग, उखु किसानका समस्याप्रति गम्भीर बन्न आग्रह (पत्रसहित)

उखुको समर्थन मूल्य छिटो तोक्न सरकारसँग कांग्रेस सांसद चौधरीको माग, उखु किसानका समस्याप्रति गम्भीर बन्न आग्रह (पत्रसहित)

  • मिडिया डबली
  • आइतवार, पौष १ २०८०

  • 1.8K
    SHARES

  • उखुको समर्थन मूल्य छिटो तोक्न सरकारसँग कांग्रेस सांसद चौधरीको माग, उखु किसानका समस्याप्रति गम्भीर बन्न आग्रह (पत्रसहित)

    काठमाडौं- नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य विनोद चौधरीले उखुको समर्थन मूल्य छिटो तोक्न सरकारसँग माग गरेका छन् ।

    सरकारले मूल्य तोक्न ढिलाई गर्दा उखु किसान मर्कामा परेको भन्दै सांसद चौधरीले सरकारको ध्यानाकर्षण गराएका हुन् । 

    उखु उत्पादकमा लागि पकेट क्षेत्र मानिने नवलपरासी जिल्लाबाट प्रतिनिधिसभा सदस्य निर्वाचित चौधरीले कृषि तथा पशुपंक्षी विकास मन्त्रीलाई लिखित पत्र बुझाउँदै छिटो उखुको समर्थन मूल्य तोक्न आग्रह गरेका हुन् । 

    “नवलपरासी (सु.प.) जिल्लाको मेरो निर्वाचन क्षेत्र उखु उत्पादनका लागि पकेट क्षेत्र मानिएको र त्यहाँका किसानहरु उखु खेतितर्फ साह्रै उत्साहित देखिन्छन् । किसानको उत्साहलाई प्रोत्साहन गर्नु हामी राजनीतिकर्मीको मूल ध्येय हो,” सांसद चौधरीले भने, “चालु आर्थिक वर्ष २०८०÷८१ का लागि समयमै उखुको समर्थन मूल्य तोकिदिनुपर्ने हुन्छ। तर हालसम्म पनि मूल्य नतोकिदिंदा यस क्षेत्रका किसानहरु अन्योल र मर्कामा परेका छन् ।” 

    उनले उखुको समर्थन मूल्य तोक्न ढिलाई हुँदा उद्योगहरुले उखु खरिद गर्न नपाएको र किसानको उखु बारीमै सुक्ने अवस्था सिर्जना भएको सरकारलाई अवगत गराएा छन् ।

    साथै कतिपय किसानले सरकारले मूल्य नतोक्दा सस्तोमै उखु बेच्न बाध्य भएको भन्दै सांसद चौधरीले कृषि मन्त्री बेदुराम भुसालको लिखित ध्यानाकर्षण गराएका हुन् ।

    उनले समर्थन मूल्यसँगै किसानलाई सरकारले उपलब्ध गराउने अनुदान वापतको रकम पनि समयमै भुक्तानी गराउन पनि मन्त्रीसँग माग गरेका छन् । 

    सांसद चौधरीकै पहलमा यसपटक नवलपरासीका उखु किसानले सरकारले दिने अनुदान वापतको रकम पाइसकेका छन् । कतिपय जिल्लामा किसानले अघिल्लो वर्षकै रकम नपाएर आन्दोलनरत छन् । 

    सरकारले अघिल्लो वर्ष उखुको न्यूनतम मूल्य प्रति मेट्रिक टन ६१० रुपैयाँ तोकेको थियो । जसमा उखु उद्योगले ५४० रुपैयाँ र सरकारले अनुदानवापतको ७० रुपैयाँ उपलब्ध गराउने निर्णय भएको थियो ।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, भाद्र २६ २०७९०९:२९:१५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend