आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

नवलपरासी–१ बाट प्रतिनिधिसभा सदस्यमा विनोद चौधरी उठ्ने भएपछि कांग्रेसीमा उत्साह

नवलपरासी–१ बाट प्रतिनिधिसभा सदस्यमा विनोद चौधरी उठ्ने भएपछि कांग्रेसीमा उत्साह

  • मिडिया डबली
  • आइतवार, भाद्र २६ २०७९

  • 5.5K
    SHARES

  • नवलपरासी–१ बाट प्रतिनिधिसभा सदस्यमा विनोद चौधरी उठ्ने भएपछि कांग्रेसीमा उत्साह

    नवलपरासी– नेपाली कांग्रेसले आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पहिले समानुपातिकबाट सांसद बनेकालाई सिफारिस नगर्ने निर्णय लिएको छ । जसकारण यसपटक पहिले समानुपातिक प्रणालीबाट सांसद बनेका अधिकांश निर्वाचन लड्ने वा यसपटक दाबेदारी प्रस्तुत नगर्ने अवस्थामा पुगेका छन् ।

    अघिल्लोपटक समानुपातिकबाट सांसद बनेका उद्योगपति विनोद चौधरी यसपटक प्र्रत्यक्षतर्फ प्रतिनिधिसभामा निर्वाचन लड्दैछन् । उनी नवलपरासी पूर्व र पश्चिम दुवैतिर सिफारिस भएका छन् ।

    नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका विनोद चौधरीको उम्मेदवारीले नवलपरासी क्षेत्र नम्बर १ मा उत्साह थपिएको छ । कांग्रेसबाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ नवलपरासी–१ बाट चौधरीको नाम सिफारिस भएपछि मतदाता उत्साहित भएका हुन् । पूर्वमन्त्री हृयदेश त्रिपाठीले पाँचपटक निर्वाचन जितेको नवलपरासी–१ बाट कांग्रेसले चौधरीलाई अगाडि सार्ने तयारी गरेको हो । त्रिपाठीलाई पटक पटक निर्वाचन जिताउँदा पनि विकास हुन नसकेको स्थानीयको निष्कर्ष छ । 

    कांग्रेस प्रतापपुर गाउँपालिकाका कार्यवाहक सभापति राजु अधिकारीले केन्द्रीय सदस्य चौधरी नवलपरासी–१ बाट चुनाव लड्ने चर्चा भएसँगै स्थानीय खुसी भएको बताए । उनले नेता चौधरीलाई चुनाव जिताउन सके यो क्षेत्रको समग्र विकास हुने र स्थानीयले रोजगारी पाउने अपेक्षा राखेको बताए । 

    पटकपटक निर्वाचन जितेर पनि पूर्वमन्त्री त्रिपाठीले विकास नगरेको भन्दै उनीसँग मतदाता रुष्ट छन् । ‘कतिपटक त्रिपाठीलाई जिताउने अब ? उहाँ सांसद/मन्त्री भइराख्ने तर हामी जहाँकात्यहीँ ?’ स्थानीय एकजनाले प्रश्न गरे, ‘हाम्रो क्षेत्रबाट विनोद चौधरी चुनाव लड्ने कुरा सुनेका छौं । उहाँलाई हामी जिताउँछौं ।’ 

    नवलपरासी क्षेत्रमा सीजी ग्रुपमार्फत विभिन्न सीपमूलक तालिमका साथै स्वरोजगारका कार्यक्रमहरु सञ्चालन हुँदै आएका छन् । राजनीतिमार्फत् मुलुकको समृद्धिका लागि काम गर्ने भन्दै चौधरी प्रत्यक्ष राजनीतिमा होमिएका हुन् । उनले अहिलेसम्मको आफ्नो अनुभव र दक्षतालाई सिंगो देशको समृद्धिमा उपयोग गर्ने बताउँदै आएका छन् ।

    स्थानीय बुद्धिजीवी एवं पूर्वप्राध्यापक गणेश विक पनि चौधरीलाई उम्मेदवार बनाउन सके नवलपरासीको विकासमा ठूलो योगदान हुने विश्वास गर्छन् । ‘हामीलाई विकास गर्न सक्ने, योजना बनाउन सक्ने र लगानी ल्याउन सक्ने मान्छे चाहिएको छ,’ उनी भन्छन्, ‘यति वर्षदेखि उति वर्षदेखि यहाँ राजनीति गरेको मात्रै भनेर हुँदैन । यदि हामीले नवलपरासीको विकास चाहेका हौ भने विनोद चौधरी जत्तिको नेतालाई हामीले यहाँ ल्याउन सक्नुपर्छ ।’ 

    कांग्रेसले नवलपरासी–१ बाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ नेता चौधरीसहित देवकरण कलवार, विक्रम खनाल, कुलदीप आचार्य र उषा बास्तोलाको नाम सिफारिस गरेको छ । महाधिवेश प्रतिनिधि एवं प्रतिनिधिसभा उम्मेदवारमा सिफारिस उषा बास्तोलाले कांग्रेसले चौधरीलाई नै अगाडि सार्नुपर्नेमा जोड दिएकी छन् ।

    उनले केन्द्रीय सदस्य चौधरीको नाममा कांग्रेस एक ठाउँमा उभिने बताइन् । कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य चौधरीले प्रत्यक्ष निर्वाचन लड्ने घोषणा गरेपछि उनको चर्चा देशव्यापी चुलिएको हा । चौधरीलाई आफ्नो निर्वाचन क्षेत्रबाट चुनाव लडिदिन आग्रह गर्दै विभिन्न जिल्लाबाट कांग्रेससँगै अन्य दल र नागरिक अगुवाहरुले पनि प्रस्ताव पठाइरहेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आश्विन २३ २०७९०४:३३:२७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend