आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

विनोद चौधरीले यसकारण एमाले छाडेका रहेछन्, यसरी गरे खुलासा 

विनोद चौधरीले यसकारण एमाले छाडेका रहेछन्, यसरी गरे खुलासा 

  • मिडिया डबली
  • शनिवार, आषाढ ११ २०७९

  • 24.3K
    SHARES

  • विनोद चौधरीले यसकारण एमाले छाडेका रहेछन्, यसरी गरे खुलासा 

    काठमाडौं । नेकपाका एक मात्र डलर अर्बपति तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीलाई २०६४ सालमा नेकपा एमालेले समानुपातिक तर्फबाट संविधान सभा सदस्य बनाएको थियो।

    तर, एमालेबाट सभासद भएको १० बर्षपछि उनी नेपाली कांग्रेसमा प्रवेश गरे। उनले एमाले किन छाडे? आजसम्म पनि प्रश्न उब्जिन्छ। तर, उनले शुक्रबार राजनीतिक विटमा काम गर्ने पत्रकारहरुसँग कुरा गर्दै उनले यसबारे मुख खोलेका छन्। 

    किन चौधरीले एमाले छाडे? 

    २०७० सालमा एमालेले मलाई शशांक कोइरालाविरुद्ध चुनाव लड्न टिकट दिएको थियो। तर, मैले अस्वीकार गरिदिएँ। शशांक त्यो क्षेत्रबाट २ पटक चुनाव लडिसक्नुभएको थियो। तेस्रो पटक लड्ने उहाँको तयारी थियो। कोइराला परिवारसँग मेरो बुवाहरुको पनि राम्रो सम्बन्ध थियो। शशांक डाक्टर हुँदादेखि नै मेरो उहाँसँग राम्रो सम्बन्ध थियो।

    त्यसकारण उहाँविरुद्ध म किन चुनाव लड्नुरु एमालेले हारे विनोद चौधरी हार्ने हो जिते एमालेले शशांक कोइरालाई हरायो भन्ठान्ने थियो। मैलाई एमालेले टिकटको अफर गरेपछि शशांकलाई भेटेरै यस विषयमा जानकारी गराएको पनि हुँ। उहाँलाई भेटेर मैले तपाईसँग चुनाव लड्दिनँ, तपाईलाई मेरो पूरा समर्थन रहन्छ भनेको हुँ। 

    अहिले पनि मेरो पूरा समर्थन शशांक डा. साबलाई छ। पार्टीले अर्कै निर्णय गरे पछि हट्दिनँ। हाम्रो जिल्लामा २ वटा निर्वाचन क्षेत्र छन्। एउटामा कांग्रेसले हारेको छैन, अर्कोमा जितेको छैन। तर, म पार्टीले निर्णय गरे जहाँ पनि चुनाव लड्न तयार छु।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आश्विन २३ २०७९०४:३३:२७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend