काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले जापानका पूर्वप्रधानमन्त्री सिन्जो आवेको निधनबाट आफू स्तब्ध भएको बताएका छन् ।
शुक्रबार सामाजिक सञ्जालमार्फत प्रतिनिधिसभाका सदस्यसमेत रहेका नेता चौधरीले आबेको कार्यकालमा नेपाल जापान सम्बन्धले पाएको गतिको स्मरण गर्दै उनीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । नेपालका एक मात्र अर्बपति चौधरीले आबे परिवारमा पर्न गएको शोकमा समबेदना पनि प्रकट गरेका हुन् ।
जापानका पूर्वप्रधानमन्त्री आवेमाथि शुक्रबार बिहान चुनावी भाषण गरिरहेको समयमा गोली प्रहार भएको थियो । गोली लागेर घाईते आबेको उपचारको क्रममा निधन भएको हो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।