आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

विनोद चौधरीले लड्ने भए चुनाव, यो क्षेत्रमा सक्रियता बढाएपछि एमालेको सातो उड्यो !

विनोद चौधरीले लड्ने भए चुनाव, यो क्षेत्रमा सक्रियता बढाएपछि एमालेको सातो उड्यो !

  • मिडिया डबली
  • सोमवार, श्रावण १६ २०७९

  • 40.0K
    SHARES

  • विनोद चौधरीले लड्ने भए चुनाव, यो क्षेत्रमा सक्रियता बढाएपछि एमालेको सातो उड्यो !

    काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद विनोद चौधरी गृहजिल्ला नवलपुरमा पार्टीको राजनीतिक कार्यक्रममा सक्रिय छन् । ‘समृद्धि र विकास’ को एजेण्डा बोकेर राजनीतिमा होमिएका चौधरी जिल्लामा पार्टीका स्थानीय कार्यक्रममा सक्रिय छन् । कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकको निर्णय लगत्तै गृहजिल्ला नवलपुर पुगेका उनी दिनहुँ राजनीतिक कार्यक्रममा व्यस्त भएका हुन् । 

    गृह जिल्लामा चौधरीले पार्टीका नेता, कार्यकर्ताका साथै उद्यम गर्न इच्छुक युवाहरूसँग भेटघाट गरेका छन् भने उनीहरूलाई उद्यमशील बन्न आफूले सहयोग गर्ने बचनसमेत दिएका छन् । 

    निरन्तर जिल्ला आवतजावत गर्दै आएका कांग्रेस नेता चौधरीले पार्टीको स्थानीय कमिटीका पदाधिकारीसँगै निर्वाचित जनप्रतिनिधिसँग नवलपुरको विकासका बारेमा छलफल गर्दै आएका छन् । 

    उनले नवलपुरमा कांग्रेसको सांगठनिक अवस्था र पार्टीलाई बलियो बनाउन आवश्यक रणनीतिका बारेमा पनि छलफल चलाएका छन् । आइतबार कांग्रेस जिल्ला कार्यसमितिका पदाधिकारी र सदस्यहरूसँग स्थानीय तह चुनावका बारेमा समीक्षा गरेका थिए । उनले पार्टी संगठनलाई बलियो बनाउन नेता कार्यकर्ताबीचको सम्बन्ध प्रभावकारी हुनुपर्नेमा जोड दिए । 

    उनले जिल्लाका अन्य नेता कार्यकर्तासँगै पार्टीका विभिन्न भ्रातृ संस्थाका पदाधिकारी र सदस्यहरूसँग पनि छलफल गर्ने तयारी गरेका छन् । आसन्न संघीय निर्वाचनमा कांग्रेस नेता चौधरी नवलपुरबाट उम्मेदवार बन्ने चर्चा छ । उनले पार्टीलाई बलियो बनाउन स्थानीय तहबाटै संगठनलाई प्रभावकारी बनाउनुपर्ने आवश्यकता रहेको बताए । ‘पार्टी संगठन बलियो बनाउन स्थानीय स्तरमा पार्टीले चाल्नुपर्ने कदमलगायतको विषयमा जिल्लाका साथीहरूसँग छलफल भयो’, केन्द्रीय सदस्य चौधरीले भने, ‘स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरूसँग पनि यहाँको विकास निर्माणलगायतका विभिन्न विषयमा छलफल भयो ।’ 

    नेता चौधरीले निर्वाचनमा उम्मेदवार बन्ने विषयमा पार्टीको निर्णय आफूलाई स्वीकार्य भएको बताउँदै भने, ‘चुनावमा उम्मेदवार बनाउने विषय पार्टीको कुरा हो तर आफू विकासका योजना र समृद्ध नवलपुरको योजना ल्याएको हुँ । नवलपुरको समृद्धितर्फ म सक्रिय भएर लाग्छु ।’ 

    आइतबार जिल्ला समन्वय समिति नवलपुरसमेत पुगेका चौधरीले जिल्लाको समग्र विकासका लागि आफूले ल्याएको नमुना नवलपुर विकासको अवधारणालाई साकार पार्न समन्वय समितिको भूमिका महत्त्वपूर्ण हुने बताए ।

     उनले आफूले अगाडि सारेको नमुना नवलपुरको विकास अवधारणालाई समन्वय समितिले योजनामा राखेर कार्यान्वयनमा सहयोग गर्न समन्वय समितिका प्रमुख बाबुराम विश्वकर्मालाई आग्रह गरे । समन्वय समितिका प्रमुख विश्वकर्माले विनोद चौधरीले ल्याएको नवलपुर समृद्धिको योजनालाई अगाडि सार्न आफूहरू तयार रहेको बताए । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आश्विन २३ २०७९०४:३३:२७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend