बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

सिन्धुपाल्चोक, दोलखापछि अब रसुवागढी सुन तस्करीको हब, चिनियाँ व्यापारी सक्रिय

सिन्धुपाल्चोक, दोलखापछि अब रसुवागढी सुन तस्करीको हब, चिनियाँ व्यापारी सक्रिय

  • मिडिया डबली
  • बुधवार, मंसिर ६ २०८०

  • 2.2K
    SHARES

  • सिन्धुपाल्चोक, दोलखापछि अब रसुवागढी सुन तस्करीको हब, चिनियाँ व्यापारी सक्रिय

    काठमाडौं - पछिल्ला केही दिनयता रसुवागढी नाकाबाट सुन तस्करी बढिरहेको छ ।

    सुन तस्करी गरेको आरोपमा मंगलबार तीनजना पक्राउ परेका छन् ।

    केरुङबाट ल्याइएको १२ तोला सुनका औँठी रसुवागढी नाकामा तैनाथ नेपाल प्रहरी, सशस्त्र प्रहरी र भन्सार कर्मचारीसहितको गस्तीले पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा रसुवा जिल्ला आमाछोदिङ्मो गापा–५ गोङगाङ बस्ने २९ वर्षका सुरेश तामाङ, आमाछोदिङ्मो गापा–५ तातोपानी निवासी ३७ वर्षका निमाटासी तामाङ र गोसाइँकुण्ड गापा–३ बृद्धिम बस्ने २३ वर्षका ङवाङ लोप्चन तामाङ रहेको जिल्ला प्रहरी प्रमुख सुवास बुढाथोकीले जानकारी दिए।

    उनीहरूको साथबाट १३ लाख ८८ हजार चार सय बराबरको सुन बरामद गरी कानुनी कारबाहीका लागि भन्सार कार्यालय टिमुरेमा बुझाउने तयारी भइरहेको प्रहरी प्रमुख बुढाथोकीले जानकारी दिए ।

    गत आइतबार १४ लाख ९१ हजार छ सय ८२ बराबरको सुनका औँठीसहित तीनजना पक्राउ गरी भन्सार कार्यालय बुझाई सकिएको प्रहरीले बताएको छ ।

    चीनको केरुङ हुँदै रसुवागढीबाट चिनियाँ व्यापारीले सुन तस्करी गर्दै आएका छन् ।

    भरियाका रूपमा प्रयोग भएका नेपाली पक्राउ पर्ने गरेका छन् । यसअघि सिन्धुपाल्चोकको तातोपानी नाकाबाट सुन तस्करी हुँदै आएको थियो ।

    तातोपानी नाका सुन तस्करीकै कारण बदनाम भएको छ । पछिल्लो समय दोलखाको चिनियाँ नाकाबाट सुन तस्करी हुने गरेको खुलेको छ ।

    केही समयअघि ११ किलो सुन बरामद भएपछि यो नाका चर्चामा आएको हो ।

    हवाईजहाजभन्दा स्थलमार्ग सहज र सुरक्षित ठान्दै चिनियाँ नागरिकले नेपालमा सुन तस्करी गरिरहेको प्रहरीको अनुसन्धानले देखाएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, पौष ११ २०७७०९:३५:२०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend