आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

बाइडेनको नजरमा चिनियाँ राष्ट्रपति सी अझै तानाशाह

बाइडेनको नजरमा चिनियाँ राष्ट्रपति सी अझै तानाशाह

  • मिडिया डबली
  • आइतवार, मंसिर ३ २०८०

  • 1.7K
    SHARES

  • बाइडेनको नजरमा चिनियाँ राष्ट्रपति सी अझै तानाशाह

    काठमाडौं - लामो समयपछि चीनका राष्ट्रपति सी जिन पिङले अमेरिकाको भ्रमण गरेका छन् ।

    दुई देशबीच तनाव उत्पन्न भइरहेका बेला सीको अप्रत्यासित अमेरिका भ्रमणलाई अर्थपूर्ण मानिएको छ । तर बेइजिङ आइपुग्दा नपुग्दै सीलाई अमेरिकी राष्ट्रपति जो बाइडेनले तानाशाहकै स्थानमा राखेका छन् ।

    क्यालिफोर्नियामा एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) को शिखर सम्मेलनमा चिनियाँ समकक्षी सीसँगको भेटपछि आयोजित पत्रकार सम्मेलनमा बाइडेनले सीलाई पुनः तानाशाहको संज्ञा दिएका हुन् ।

    यसअघि गत जुनमा दुई देशबीच उच्च तहको कुराकानी भएको भोलिपल्टै बाइडेनले सीलाई तानाशाह भनेका थिए ।

    यसपटक चिनियाँ राष्ट्रपति सीसँग निकै प्रभावकारी संवाद भएको बताइरहेका बेला बाइडेनको भनाइ बाहिर आएको हो । अहिलेसम्म यसबारेमा बेइजिङले केही प्रतिक्रिया जनाएको छैन ।

    चिनियाँ सञ्चारमाध्यमले पनि विश्वका दुई प्रभावशाली नेताबीच सौहार्दपूर्ण र प्रभावकारी संवाद भएको जनाएका छन् । पत्रकार सम्मेलनमा सीएनएनकी पत्रकार एमजे लीले सोधेको ‘के तपाईं अझै पनि चिनियाँ राष्ट्रपति सीलाई तानाशाह भन्नुहुन्छ ?’ भन्ने प्रश्नमा बाइडेनले भनेका छन्, ‘हेर्नुस्, उनी हुन् । मैले यस अर्थमा उनलाई तानाशाह भनेको हुँ कि, उनी यस्तो देशको सत्ता चलाउँछन् कि जुन कम्युनिस्ट देश हो । जहाँको सरकारको स्वरूप हाम्रोभन्दा पूर्ण रूपले फरक छ ।’

    बाइडेनले आफूलाई चिनियाँ राष्ट्रपति सीलाई सबैभन्दा बढी संगत गरेको अमेरिकी नेताका रूपमा समेत उभ्याएका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, कार्तिक ३० २०७७०४:५०:१५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend