काठमाडौं- संयुक्तराज्य अमेरिकाका राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले अमेरिकी इतिहासमा सबैभन्दा पाको राष्ट्रपतिका रुपमा इतिहास रचेका छन् । यसबाहेक बाइडेन सबैभन्दा बढी मत ल्याउँने राष्ट्रपति समेत भएका छन् ।
योसँगै बाइडेनले अब अमेरिकी रक्षामन्त्रीमा महिलालाई नियुक्ती दिँदै अर्काे इतिहास रच्ने तयारी गरेका हुन् । अमेरिकी इतिहासमा अहिलेसम्म कुनै पनि महिलाले रक्षामन्त्रालयको जिम्मा पाएका छैनन् ।
रक्षा मन्त्रालय मातहतका निकायमा रहेर काम गरिसकेकी मिसेल फ्लोरनोएले यस्तो दुर्लभ अवसर प्राप्त गर्न लागेको बाइडेन निकटका व्यक्तिहरुले बताएका छन्। राजनीतिक रुपमा मध्यमार्गी धारकी भनेर चिनिने मिसेल बाइडेनको पहिलो रोजाईमा रहने बताइएको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।