काठमाडौं - नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनले आफूले नीलो र रातो रङबीच तोड्ने होइन, जोड्ने घोषणा गरेका छन् ।
राष्ट्रपतिमा निर्वाचित भएपछि पहिलो सम्बोधनमा उनले आफूप्रति भरोसा देखाएकोमा अमेरिकी जनतालाई धन्यवाद दिँदै भने, ‘मप्रति भरोसा देखाईएकोमा म धेरै खुसी छु।
म यस्तो राष्ट्रपति हुने वाचा गर्दछु कि जसले तोड्नुको साटो जोड्ने काम गर्ने छ। जसले रातो र निलो रंगका राज्यहरु होइन, संयुक्त राज्य अमेरिका देख्नेछ।’ उनले आफू सबैको विश्वास जित्नको लागि हृदयबाटै प्रयास गर्ने बाचा पनि गरेका छन् ।
यो विजय अमेरिकी जनाताको भएको र आफूले अहिलेसम्म कसैले प्राप्त नगरेको झण्डै साढे ७ करोड भोट प्राप्त गरेको बाइडेनले बताए । बाइडेनले आफ्नो पहिलो काम कोरोना भाइरस महामारी नियन्त्रण गर्नु रहेको बताए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।