काठमाडौं- विदेश नीतिका प्रखर मानिने अमेरिकी राष्ट्रपतिय चुनाव जितेका डेमोक्र्याटिकका नेता जोय बाइडनेले आउँदो जनवरी २० बाट सत्ता सम्हाल्नेछन् ।
यसबीच उनको जितको सुरुवातामा चीनविरुद्ध प्रहार गर्नका लागि युरोपेली संघको विदेश नीति प्रमुख जोसेप बोरेलले चीनविरुद्ध जो बाइडेनसँग मिलेर अगाडि बढ्न युरोप तयार भएको बताएका छन्।
बाइडेन नयाँ राष्ट्रपति बन्ने निश्चित भइसकेको अवस्थामा जोसेपले बाइडेनसँग मिलेर युरोपेली संघले काम गर्ने बताएका हुन्। चीनले खडा गरेको चुनौतीलाई अमेरिका र युरोपेली संघले एक भएर सामना गर्नुपर्ने उनको भनाइ छ।
जोसेपले आफ्नो ब्लगमा भनेका छन्,‘युरोपेली संघ र अमेरिकाबीच त्यस्ता धेरै क्षेत्र छन् जहाँ मिलेर अगाडि बढ्नुपर्छ।’
चीनको अनुचित व्यापार अभ्यास, चीनले सिर्जना गरेको सुरक्षा खतरा, दक्षिण चीन सागर र पूर्वी चीन सागरको गतिरोध साथै फाइभजी प्रविधिहरुको विषयमा युरोपेली संघले अमेरिकासँग मिलेर काम गर्ने अपेक्षा गरेको उनको भनाइ छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।