बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

प्रेस युनियनकाे प्रशिक्षण प्रमुखमा उपाध्यक्ष अर्याल, प्रशिक्षण वर्ष सफल पारिने

प्रेस युनियनकाे प्रशिक्षण प्रमुखमा उपाध्यक्ष अर्याल, प्रशिक्षण वर्ष सफल पारिने

  • मिडिया डबली
  • आइतवार, मंसिर ३ २०८०

  • 1.3K
    SHARES

  • प्रेस युनियनकाे प्रशिक्षण प्रमुखमा उपाध्यक्ष अर्याल, प्रशिक्षण वर्ष सफल पारिने

    काठमाडाैं - लाेकतन्त्रवादी पत्रकारहरुकाे छाता संस्था नेपाल प्रेस युनियनको प्रशिक्षण विभागकाे प्रमुखमा केन्द्रीय उपाध्यक्ष नकुल अर्याल मनाेनित भएका छन् ।

    युनियनका अध्यक्ष शिव लम्सालले युनियनको विधानकाे परिच्छेद ४ काे दफा २८ बमोजिम १५ वटा विभाग गठन गरेका हुन् । अध्यक्ष लम्सालले वरिष्ठ उपाध्यक्ष प्रेम केसीलाई अनुशासन र उपाध्यक्ष अर्याललाई प्रशिक्षण विभागकाे प्रमुखकाे जिम्मेवारी दिएका छन् ।

    युनियनले प्रशिक्षण वर्षको घाेषणा गरेकाे सन्दर्भमा आफूलाई प्राप्त विभागीय जिम्मेवारी सक्रियताका साथ पूरा गर्ने प्रशिक्षण विभागका प्रमुख अर्यालले बताए । उनले छिट्टै विभागलाई पूर्णता दिएर देशव्यापी प्रशिक्षण सुरु गरिने बताए ।

    यसअघि अर्यालकै प्रस्तावमा युनियनले "प्रशिक्षण वर्ष २०८०" घाेषणा गरेकाे थियाे । युनियनका उपाध्यक्षहरु भीष्मराज ओझाले समन्वय, दिपेन्द्र बान्तवाले प्रकाशन तथा प्रचार, सलोजा दाहालले महिला, जीवन भण्डारीले विधागत पत्रकारिता प्रवद्र्धन, माधव अर्यालले आचार संहिता कार्यान्वयन विभाग संयोजकको जिम्मेवारी पाएका छन् ।

    त्यसैगरी, उपाध्यक्ष ऋषिकान्त पौडेललाई प्रेस स्वतन्त्रता अनुगमन, डा.मुरारी अधिकारीलाई कानुन, राजेन्द्र कार्कीलाई ट्रेड युनियन प्रवद्र्धन, अनिल कुमार कर्णलाई पत्रकारिता अनुसन्धान, डिल्लीराम खतिवडालाई श्रमजीवी पत्रकार हकहित संरक्षण, प्रेम चुनारालाई दुर्गम तथा पिछडिएको क्षेत्रमा पत्रकारिता प्रवद्र्धन विभाग संयोजकको जिम्मेवारी तोकिएको छ ।

    त्यसैगरी, युनियनका महासचिव दिलीप पौडेल संगठन विभाग र कोषाध्यक्ष माधव धिताल आर्थिक विभाग संयोजकको जिम्मेवारी पाएका छन् ।

    विभागका संयोजकहरूले युनियनको विधानको परिधिमा रहेर पत्रकार र पत्रकारिताको विकास, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, लोकतन्त्रको प्रवद्र्धन, युनियनको संस्थागत विकास, संगठनको मूल्य–मान्यता र आदर्शलाई आत्मसात् गर्दै काम गर्ने विश्वास लिएको युनियनका अध्यक्ष लम्सालले बताए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, मंसिर ३ २०७८०४:२८:३७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend