काठमाडौं - नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य नकुल अर्याल ‘ग्लोबल युथ लिडरसिप अवार्ड २०२१’ बाट सम्मानित भएका छन् ।
ग्लोबल युथ लिडरसिप समिटको उद्घाटन समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुनले पत्रकार अर्याल लगायत विभिन्न देशका युवाहरुलाई सम्मान गरेका हुन् ।
नेपाली पत्रकारिताका क्षेत्रबाट युवा सरोकारको प्रबर्धनमा गरेको योगदान वापत पत्रकार अर्याललाई सो अन्तर्राष्ट्रिय सम्मान प्रदान गरिएको हो । अर्याल नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य हुन् ।
शुक्रबारबाट काठमाडौंमा सुरु भएको अन्तर्राष्ट्रिय सम्मेलनमा विश्वका ४३ भन्दा बढी देशका १ सय बढी युथ लिडरहरु सहभागि छन् । सम्मेलनको उद्घाटन गर्दै उपराष्ट्रपति पुनले संसारभर हरेक परिवर्तनको नेतृत्व युवाले नै गरेको स्मरण गराउँदै राजनीतिक, आर्थिक र सामाजिक क्षेत्रमा युवाहरुको निर्णायक भूमिका स्थापित हुनुपर्ने बताए ।
सम्मेलनको आयोजक संस्था ग्लोबल युथ पार्लियामेण्टका अध्यक्ष दिवाकर अर्यालले विश्वभरका युवालाई नेतृत्व गर्ने संस्था नेपालबाट स्थापित हुनु खुसीको कुरा भन्दै नेपाली युवाले अब विश्वव्यापी एजेण्डालाई समेत नेतृत्व दिनुपर्ने बताए ।
समारोहमा चर्चित नायिक रेखा थापा, पत्रकार ऋषि धमला, एमनेष्टी इण्टरनेशनलका पूर्व अध्यक्ष राजन कुइँकेल लगायतलाई सम्मान गरिएको थियो । सम्मेलन आइतबारसम्म चल्नेछ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।