आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

चौधरी ग्रुपले भूकम्पबाट प्रभावित ५० परिवारका लागि ‘ट्रान्जिसनल होम’ बनाइदिने

चौधरी ग्रुपले भूकम्पबाट प्रभावित ५० परिवारका लागि ‘ट्रान्जिसनल होम’ बनाइदिने

  • मिडिया डबली
  • मंगलवार, कार्तिक २१ २०८०

  • 2.4K
    SHARES

  • चौधरी ग्रुपले भूकम्पबाट प्रभावित ५० परिवारका लागि ‘ट्रान्जिसनल होम’ बनाइदिने

    काठमाडौं - चौधरी ग्रुपले जाजरकोट र रुकुम पश्चिमका भूकम्पबाट प्रभावित ५० परिवारका लागि ट्रान्जिसनल होम निर्माण गरिदिने भएको छ ।

    फाउन्डेसनले २०७२ सालको भूकम्पमा तीन हजार यस्ता घर बनाएको थियो । यसपटक चौधरी फाउन्डेसनले रूकुम पश्चिमको चौरजहारी नगरपालिकाबाट पहिलो चरणको ‘ट्रान्जिसनल होम’ निर्माण थाल्ने भएको छ ।

    चौधरी फाउन्डेसनका प्रतिनिधि र चौरजहारी नगरपालिकाका प्रमुख पुष्प बादीबीच मंगलबार नगरभित्र भूकम्पले घर भत्किएका ५० परिवारका लागि ‘ट्रान्जिसनल होम’ निर्माण गर्ने सहमति भएको चौधरी ग्रुपका महाप्रवन्धक मधुसुदन पौड्यालले जानकारी दिएका छन् ।

    तत्कालको राहत व्यवस्थापनसँगसँगै भूकम्पले घरविहीन भएका परिवारका लागि ‘ट्रान्जिसनल होम’को अत्यन्तै खाँचो रहेको ग्रुपले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ ।

    भत्किएका घर पुनर्निमाण गर्न समय लाग्ने र त्रिपालमुनिको बास कष्टकर हुने भएकाले जतिसदो चाँडो ‘ट्रान्जिसनल होम’ बनाउने निर्णय लिएको लिएको बताएको छ ।

    मंगलबार चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले २०७२ का भूकम्पपीडितलाई बनाएजस्तै घर बनाइदिन लागेको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, पौष ३ २०८०१०:१५:४६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend