आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

जनआस्था विरूद्ध चौधरी ग्रुपद्वारा प्रेस काउन्सिलमा उजुरी

जनआस्था विरूद्ध चौधरी ग्रुपद्वारा प्रेस काउन्सिलमा उजुरी

  • मिडिया डबली
  • मंगलवार, भाद्र ९ २०७७

  • 7.1K
    SHARES

  • जनआस्था विरूद्ध चौधरी ग्रुपद्वारा प्रेस काउन्सिलमा उजुरी

    काठमाडौं-  प्रतिनिधि सभाका सदस्य एवं चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीका बारेमा नियोजित रूपमा अनर्गल प्रचार गरेको भन्दै जनआस्था साप्ताहिक र जनआस्थाडटकम विरूद्ध चौधरी ग्रुपले आज भदौ ९ गते प्रेस काउन्सिलमा उजुरी दर्ता गरेको छ ।

    उक्त पत्रिकाले विगत लामो समयदेखि नेपालका ख्यातीप्राप्त उद्यमी चौधरीका बारेमा झूठा समाचार प्रकाशित गर्दै आएको भन्दै प्रेस काउन्सिलमा उजुरी दर्ता गरिएको बताइएको छ ।

    पछिल्लो समयमा जनआस्थाले ‘अर्थमन्त्री र प्रधानमन्त्रीको रहस्यमय मौनतामा चौधरीद्वारा रातारात अरबौँ बाहिरिएको खुलासा’ र ‘अर्बपतिको ‘मुहान’मा बल्ला आक्रमण’ शिर्षकमा समाचार प्रकाशित गरेको थियो । ति पूर्णतया झुठा समाचार रहेको भन्दै चौधरी समुहले काउन्सिलमा दिएको उजुरीमा उल्लेख छ ।

    तथ्यहिन समाचार प्रकाशित गरेर चौधरी ग्रुपका अध्यक्षको राष्ट्रिय एवं अन्तर्राष्ट्रियस्तरमा रहेको ख्यातीमा प्रतिकुल प्रभाव पार्ने दुश्प्रयास गरिएक भन्दै चौधरी ग्रुपले जनआस्था साप्ताहिक तथा उक्त पत्रिकाका सम्पादक किशोर श्रेष्ठमाथि प्रेस काउन्सिल ऐन, २०४८ को दफा १२ बमोजिम हदैसम्मको सजाय माग गरिएको उजुरीमा उल्लेख गरिएको छ।

    श्रेष्ठ काउन्सिलका कार्यवाहक अध्यक्ष हुन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, पौष ३ २०८०१०:१५:४६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend