आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

सुन्दरी महिला छान्दै चौधरी ग्रुप, अब ‘वाई वाई मिसेस नेपाल वर्ल्ड’ हुने

सुन्दरी महिला छान्दै चौधरी ग्रुप, अब ‘वाई वाई मिसेस नेपाल वर्ल्ड’ हुने

  • मिडिया डबली
  • बिहिवार, मंसिर २ २०७८

  • 8.2K
    SHARES

  • सुन्दरी महिला छान्दै चौधरी ग्रुप, अब ‘वाई वाई मिसेस नेपाल वर्ल्ड’ हुने

    काठमाडौं - विवाहित महिलाहरूका लागि आयोजना गरिँदै आएको प्रतियोगिता ‘मिसेस नेपाल इन्टरनेसनल’को आयोजक संस्था रिबन इन्टरटेनमेन्टले यस वर्षदेखि ‘मिसेस नेपाल वर्ल्ड’को आधिकारिक फ्रेन्चाईजी पाएसँगै ‘मिसेस नेपाल वर्ल्ड’का रुपमा हुने प्रतियोगिता अब ‘वाई वाई मिसेस नेपाल वर्ल्ड’का नाममा हुने भएको छ ।

    आयोजक संस्थाका अध्यक्ष निशुकान्त झाले ‘मिसेस वर्ल्ड’को फ्रेन्चाइजीमा जोडिएसँगै चौधरी ग्रुपको लोकप्रिय चाउचाउ वाईवाईसमेत यो सोन्दर्य प्रतियोगितामा सामेल भएपछि प्रतियोगिता ‘वाईवाई मिसेस नेपाल वर्ल्ड २०२१’का नाममा हुने बताए ।

    झाका अनुसार ‘मिसेस नेपाल वर्ल्ड’सँगै सोही स्टेजमा ‘मिसेस नेपाल इन्टरनेसनल’ र ‘एमएस इन्टरनेसनल’ उपाधि विजेता पनि चयन गरिनेछ । तीनै प्रतियोगिताका लागि आगामी शनिवार पुरानो वानेश्वरस्थित डाइनिङ पार्कमा अडिसन हुनेछ ।

    आवेदन संस्थाको शंखमूलस्थित कार्यालय तथा नयाँबानेश्वरस्थित अर्याल इन्टरनेसनल होटलबाट प्राप्त गर्न सकिनेछ । आयोजकले ‘मिसेस नेपाल वर्ल्ड’को विजेतालाई आगामी २०२२ को जनवरीमा अमेरिकाको लसभेगासमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिसेस वर्ल्ड’मा नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने अवसर मिलाएको छ ।

    यता ‘मिसेस नेपाल इन्टरनेसनल’को पाँचौ संस्करण सन् २०१९ मा सम्पन्न भए पनि कोभिड १९ का कारण २०२० मा स्थगित हुन पुगेको थियो । यसवर्षदेखि यो प्रतियोगितालाई परिमार्जित रुपमा अगाडि बढाउने आयोजकले जनाएका छन् ।

    यो वर्ष ‘मिसेस वर्ल्ड’मा नेपालको पहिलो सहभागिता हुनेछ भने ‘मिसेस इन्टरनेसनल नेपाल’ र ‘एमएस नेपाल इन्टरनेसनल’का विजेताले नेपालको प्रतिनिधित्व गरी सन् २०२२ मा सिंगापुरमा हुने ‘मिसेस इन्टरनेसनल’ तथा ‘एमएस इन्टरनेसनल’मा सहभागिता जनाउने छन् ।

    अश्विनी झाको कोरियोग्राफी रहने प्रतियोगिताको नियमित तालिम र प्रशिक्षण आगामी मंसिर ८ गतेदेखि नयाँ बानेश्वरस्थित अर्याल इन्टरनेसनल होटलमा हुनेछ । प्रतियोगिताको तयारीमा अन्य ख्यातिप्राप्त विशिष्ट ब्यक्तिहरूद्वारा पनि तालीम प्रदान गरिनेछ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, पौष ३ २०८०१०:१५:४६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend