आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

चौधरी ग्रुपका उत्पादनमा सरकारी करको भार बढी

चौधरी ग्रुपका उत्पादनमा सरकारी करको भार बढी

  • मिडिया डबली
  • बिहिवार, जेठ १८ २०८०

  • 5.2K
    SHARES

  • चौधरी ग्रुपका उत्पादनमा सरकारी करको भार बढी

    काठमाडौं - उद्योगपति विनोद चौधरी नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद हुन् । कांग्रेस अहिलेको सरकारमा छ । कांग्रेसकै नेता डा.प्रकाशशरण महत अर्थमन्त्री छन् ।

    तर उनै चौधरीले नेतृत्व गरेको चौधरी ग्रुपका उत्पादनमा अत्यधिक कर लगाइएको छ । सरकारले आर्थिक विधेयक २०८० मार्फत विभिन्न वस्तुको करका दरमा हेरफेर गर्दा सबैभन्दा असर चौधरी ग्रुपमाथि पर्ने देखिएको छ ।

    भन्सारदर र अन्तःशुल्क बढाइएका प्रायः वस्तुहरु चौधरी ग्रुपसँग सम्बन्धित छन् । सरकारले यसपटक नूडल्स (चाउचाउ) मा प्रतिकिलो १७ रुपैयाँ अन्तःशुल्क लाग्ने गरेकोमा बृद्धि गरि प्रतिकिलो २० रुपैयाँ पुर्याएको छ ।

    चौधरी ग्रुपले उत्पादन गर्ने वाइवाइ नेपालको सर्वाधिक लोकप्रिय चाउचाउ हो । नूडल्समा कर बृद्धि गर्दा चौधरी ग्रुपको उत्पादन वाइवाइका साथै कुरकुरे, कुरमुरे, लेज, चिजवल्समा पनि अन्तःशुल्क बढेको छ ।

    यी उत्पादनमा चौधरी ग्रुपको बलियो पकड छ । सरकारले वियरमा लाग्ने अन्तःशुल्क प्रतिलिटर २२८ रुपैयाँबाट बढाएर २३५ रुपैयाँ पुर्याएको छ ।

    नेपाल आइस चौधरी ग्रुपकै उत्पादन हो । चौधरी ग्रुप इलेक्ट्रिक भेइकलको कारोबारमा संलग्न छ । बजेटले इलेक्ट्रिक भेइकलको भन्सार महसुल वृद्धि गर्दा विद्युतीय सवारी व्यापारमा प्रवेश गरेको चौधरी ग्रुपलाई असर पर्ने देखिन्छ ।

    सरकारले ११ देखि १४ सिटे विद्युतीय सवारीमा लाग्दै आएको भन्सार महसुल १ प्रतिशतबाट बढाएर १० प्रतिशत कायम गरेको छ ।

    सरकारले विभिन्न जुसमा लाग्दै आएको महसुल प्रतिलिटर ११ रुपैयाँबाट बढाएर १३ रुपैयाँ पुर्याएको छ, जसको असर चौधरी ग्रुपद्वारा उत्पादित एवं बिक्रीवितरण हुँदै आएका रियोलगायतका जुसहरुमा पर्ने देखिन्छ । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, पौष ३ २०८०१०:१५:४६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend