आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

चौधरी ग्रुपले बेलायती कम्पनी नोथिङ ब्रान्डका सामान ल्याउने

चौधरी ग्रुपले बेलायती कम्पनी नोथिङ ब्रान्डका सामान ल्याउने

  • मिडिया डबली
  • बुधवार, कार्तिक १५ २०८०

  • 2.5K
    SHARES

  • चौधरी ग्रुपले बेलायती कम्पनी नोथिङ ब्रान्डका सामान ल्याउने

    काठमाडौं - चौधरी ग्रुप (सिजी) का प्रबन्ध निर्देशक निर्वाण चौधरीले आफूहरुले नेपालमा बेलायती कम्पनी नोथिङ ब्रान्डका सामान ल्याउने बताएका छन् ।

    बुधबार बिहान उनले सामाजिक सञ्जालमार्फत् आफूहरुले नेपालमा उक्त ब्राण्डका सामग्रीहरु ल्याउन लागेको जानकारी दिएका हुन् ।

    चौधरीले नोथिङका संस्थापक कार्ल पाईलाई तीन वर्ष पूरा भएकोमा शुभकामना दिँदै सिजी र नोथिङबीचको साझेदारी भएको जानकारी दिएका छन् । नोथिङ पछिल्लो समयमा स्मार्टफोन र एयरफोनहरुको उत्पादन गर्ने कम्पनी हो ।

    वानप्लसका पूर्वसंस्थापकसमेत रहेका कार्ल पाईले यो कम्पनीको सुरुवात गरेका थिए । नोथिङले आफ्नो उत्पादनको सुरुवात ‘नोथिङ इयर वान’बाट भएको थियो, जसको घोषणा २०२१ मा भएको थियो ।

    कम्पनीले २०२२ मार्चमा भने आफ्नो पहिलो फोन ‘नोथिङ फोन वान’को घोषणा गरेको थियो । सन् २०२३ जुलाईमा बजारमा आएको नोथिङको दोस्रो फोन ‘नोथिङ फोन टु’ सार्वजनिक गरेको थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, पौष ३ २०८०१०:१५:४६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend