काठमाडौं - भरतपुरमा दुई वर्षदेखि अलपत्र गौतम बुद्ध अन्तर्रास्ट्रिय क्रिकेट रंगशाला बन्ने भएको छ ।
बागमती प्रदेश सरकारले ७० र भरतपुर महानगरपालिकाले ३० प्रतिशत लगानी गरेर सहलगानीमा निर्माण हुने भएको हो ।
मंगलबार बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल र भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालको उपस्थितिमा रंगशाला निर्माण गर्ने सहमति भएको हो ।
कलाकार सीताराम कट्टेल र कुञ्जना घिमिरेको धुर्मुस सुन्तली फाउन्डेसनले बीचमै छाडेर अलपत्र रहेको रंगशाला बनाउन प्रदेश सरकार र भरतपुर महानगरपालिकाले सहमति गरेका हुन् ।
रंगशालाको ३० प्रतिशत निर्माण पूरा भइसकेको छ । आयोजनाको लागत तीन अर्ब लाग्ने स्टिमेट छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।