बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images
आजको विशेष

धुर्मुस सुन्तलीविरुद्ध अख्तियारमा उजुरी, यस्तो छ कारबाही गर्नुपर्ने माग

धुर्मुस सुन्तलीविरुद्ध अख्तियारमा उजुरी, यस्तो छ कारबाही गर्नुपर्ने माग

  • मिडिया डबली
  • आइतवार, माघ २ २०७८

  • 8.2K
    SHARES

  • धुर्मुस सुन्तलीविरुद्ध अख्तियारमा उजुरी, यस्तो छ कारबाही गर्नुपर्ने माग

    चितवन - कलाकार सीताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तलीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

    धुर्मुस सुन्तली फाउन्डेसनले चितवनको भरतपुरमा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिक्रेट रंगशाला बीचमै अलपत्र पारेको र खर्च सार्वजनिक नगरेको भन्दै सत्यतथ्य छानविन गर्न माग गर्दै उजुरी परेको हो ।

    बागमती प्रदेश क्रिकेट संघका कोषाध्यक्ष तथा क्रिकेटका राष्ट्रिय प्रशिक्षक (एनआएस) अनिल अधिकारीले फाउन्डेसनविरुद्ध आर्थिक अपचलन र ठगी गरेको भन्दै पक्राउ गरी छानबिन गर्न माग गरेका छन् ।

    अधिकारीले आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल काठमाडौंमा उजुरी दर्ता गराएका हुन् । फाउन्डेसनले पर्याप्त आर्थिक स्रोत नभएको भन्दै रंगशालाको जिम्मेवारी लिन भरतपुर महागनरपालिकालाई पत्राचार गरिसकेको छ ।

    अहिलेसम्म रंगशालाको १४ प्रतिशत काम सकिएको इन्जिनियरको प्रतिवेदन रहेको बताइएको छ । अरु सबै काम ठप्प छ । रंगशाला निर्माण गर्दा १७ करोड उधारो पुगेपछि धुर्मुस र सुन्तलीले धेरै ऋण लाग्ने देखेर बीचमै छाडेका हुन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, कार्तिक २१ २०८००१:४०:०४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend