बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

लाग्यो भावी सेनापतिको टुंगो, माओवादीका पूर्वलडाकु जगेडामै

लाग्यो भावी सेनापतिको टुंगो, माओवादीका पूर्वलडाकु जगेडामै

  • मिडिया डबली
  • मंगलवार, आश्विन ३० २०८०

  • 20.8K
    SHARES

  • लाग्यो भावी सेनापतिको टुंगो, माओवादीका पूर्वलडाकु जगेडामै

    काठमाडौं - नेपाली सेनाको भावी सेनापतिको टुंगो लागेको छ । नेपाली सेनाले मंगलबार जारी गरेको बढुवा सिफारिससम्बन्धी सूचनापछि उपरथी ताराध्वज पाण्डे आगामी सेनापति हुने पक्का भएको छ ।

    सूचनामा सैनिक सेवा नियमावली २०६९ को परिच्छेद ३ मा रहेको सरुवा तथा बढुवासम्बन्धी व्यवस्थाबमोजिम नेपाली सेनाको सैनिक साधारण सेवातर्फ रिक्त हुन आएको तीन तारे जर्नेल (रथी) मा बढुवा सिफारिसको लागि उनलाई सिफारिस गरिएको उल्लेख छ ।

    युद्धकार्य विभागमा कार्यरत पाण्डेलाई बढुवाका लागि सिफारिस गरिएको सात दिने सूचना प्रकाशित गरिएको हो । मेजर जनरल अशोक सिग्देललाई भावी सेनापतिको रुपमा हेरिएको थियो ।

    तर अब उनी प्रधानसेनापति हुने सम्भावना सकिएको सैनिक अधिकारीहरु बताउँछन् । सेनाभित्र प्रधानसेनापति प्रभुराम शर्माले सिग्देलप्रति सहानुभूति राखेको आरोप थियो । बढुवाको सूचना प्रकाशित भएसँगै पाण्डेलाई बधाई दिनेहरुको लर्को लागेको छ ।

    सैनिक मुख्यालयको चौथो तलामा बिदा बस्न लागेका जर्नेल सरोजप्रताप राणा र सीताराम खड्काले मंगलबार नै गएर उनलाई बधाई दिएका छन् ।

    नेपाली सेनामा माओवादीका पूर्वलडाकु यामबहादुर अधिकारीलाई सेनापति बनाउन चलखेल भएको थियो । सोही कारण तीन वर्षका लागि विशेष पद सिर्जना गरेर अधिकारीलाई सहायक रथी बनाइएको थियो ।

    माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अधिकारीलाई सेनापतिको लाइनमा ल्याउन भदौ ३१ गते तीन वर्ष म्याद थप गर्न लगाएका थिए । यो घटनाले सेनामा बबन्डर मच्चिएपछि अधिकारीलाई जंगी अड्डाले जगेडामा राखेको बताइन्छ ।

    तीन वर्ष म्याद थपेर २०८४ मा अधिकारीलाई सेनापति बनाउन सकिने अपेक्षा प्रचण्डले राखेका छन् । तर त्यसबेलासम्म राजनीतिले धेरै कोल्टे फेरिसक्ने छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, कार्तिक १६ २०८००१:३८:१५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend