बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images
राजनीतिक बिशेष

बेइजिङ पुगेका नारायणकाजी रात्रीभोजमा सरिक हुने, राष्ट्रपति सी भेट्न नपाउने

बेइजिङ पुगेका नारायणकाजी रात्रीभोजमा सरिक हुने, राष्ट्रपति सी भेट्न नपाउने

  • मिडिया डबली
  • मंगलवार, आश्विन ३० २०८०

  • 1.7K
    SHARES

  • बेइजिङ पुगेका नारायणकाजी रात्रीभोजमा सरिक हुने, राष्ट्रपति सी भेट्न नपाउने

    काठमाडौं - उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ चीनको राजधानी बेइजिङ पुगेका छन्।

    चीनका सार्वजनिक सुरक्षा र आपतकालीनमन्त्री एवं चिनियाँ कम्युनिष्ट पार्टीका सचिव वाङ सियाओहङको मैत्रीपूर्ण निमन्त्रणामा उनी चीन भ्रमणमा गएका हुन्।

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चीनबाट फर्केको दुई सातामै उपप्रधानमन्त्री श्रेष्ठ बेइजिङ पुग्नुलाई अर्थपूर्ण मानिएको छ ।

    उपप्रधानमन्त्री श्रेष्ठ र चीनको सार्वजनिक सुरक्षामन्त्री वाङका बीचमा मंगलबार द्विपक्षीय सहयोग र सम्बन्धबारे छलफल हुनेछ।

    वाङ चिनियाँ कम्युनिष्ट पार्टीको सचिवालय सदस्य तथा स्टेट काउन्सिलर हुन्। उपप्रधानमन्त्री श्रेष्ठ आजै चिनियाँ राष्ट्रपति सी जिनपिङले आयोजना गर्ने रात्रिभोजमा सहभागी हुनेछन्। तर उनले राष्ट्रपति सीलाई भेट्न नपाउने भएका छन् ।

    श्रेष्ठ ‘तेस्रो बेल्ट एण्ड रोड फोरम फर इन्टरनेसनलको अपरेसन’मा सहभागी हुनेछन्। उनले आगामी कात्तिक १ गते आयोजना हुने ‘हरित विकाससम्बन्धी उच्चस्तरीय मञ्च’को नीति र प्रगतिबारेको छलफलमा मुख्य वक्ताका रूपमा सम्बोधन गर्ने कार्यतालिका छ।

    सो कार्यक्रममा सहभागी हुन एकीकृत समाजवादीका नेता झलनाथ खनाल पनि बेइजिङमै छन् । खनाल र श्रेष्ठ दुवै चीननिकट नेता हुन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, भाद्र ७ २०८००३:२६:०४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend