काठमाडौँ- अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीको सरुवा भएको छ । उनलाई गृह मन्त्रालयमा तानिएको हो।
अवैध सुन तस्करी प्रकरणमा मुुछिएका उनलाई कारबाहीको दायरामा ल्याउनुको सट्टा सरुवा गरिएको हो । सुन प्रकरणमा पक्राउ परेका तिब्बती मूलका बेल्जियम नागरिक दावा शेर्पासँगको कुराकानीमा मुछिएको पाइएपछि अधिकारीलाई गृह मन्त्रालयमा तानिएको हो ।
अधिकारीले दावासँग गरेको कुराकानी सार्वजनिक भएपछि उनलाई मन्त्रालयमा तानिएको हो । उनीमाथि अनुसन्धान पनि हुन सक्ने जनाइए पनि निलम्बनमा नराखी अनुसन्धानको दायरामा आउने उच्च स्रोतले जनाएको छ ।
स्रोतका अनुसार उनलाई अनुसन्धान गर्नकै लागि मन्त्रालयमा तानिएको हो । अधिकारी गृहमन्त्री नारायणकाजी श्रेष्ठका प्रिय पात्र मानिन्छन् ।
उनी अनुसन्धानमा तानिने हो भने यसअघिका ठूला ठूला अवैध प्रकरणको अनुसन्धान गर्नसमेत सजिलो हुने बताइन्छ । गृहमन्त्री श्रेष्ठले नै उनलाई मन्त्रालयमा तानेकोसमेत उच्च स्रोत बताउँछ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।