काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) का विभिन्न तीन स्वास्थ्य संस्थामा चिकित्सक पठाएको छ ।
नवलपरासी-१ बाट प्रत्यक्ष निर्वाचित सांसद एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीको पहलमा मन्त्रालयले तीन चिकित्सक पठाएको हो ।
मन्त्रालयका अनुसार चिसापानी अस्पताल, बर्दघाटका लागि डा मोहम्मद रजा अन्सारी, पकलिहवा स्वास्थ्य चौकीमा डा पंकज कुमार यादव र जगन्नाथ स्वास्थ्यचौकीका लागि डा विपुल कुमार झालाई पठाइएको छ । तीनै जना सरकारको छात्रवृत्ति २ वर्षे करार अन्तर्गत चिकित्सक हुन् ।
प्रतिनिधिसभा निर्वाचनका बेला नेता चौधरीले आफ्नो निर्वाचन क्षेत्रमा सहज र गुणस्तरीय स्वास्थ्य सेवाको व्यवस्था गर्ने प्रतिवद्धता जनाएका थिए ।
उनी निर्वाचित भएपछि चौधरी फाउण्डेसनको सहयोग र अन्य राज्यका निकायसँगको समन्वयनमा स्वास्थ्यसंस्थाको स्तरोन्नति र सेवा विस्तारको काम भइरहेको छ ।
स्वास्थ्य मन्त्रालयले तीन जना एमविविएस चिकित्सक पठाउने निर्णयले नवलपरासीका नागरिकले आफ्नै ठाउँमा गुणस्तरीय स्वास्थ्य सेवा पाउने विश्वास लिइएको छ
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।