आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

केन्द्रीय समिति बैठकमा राजनीतिका मात्रै होइन, आर्थिक विषयमा पनि छलफल हुनुपर्छ : विनोद चौधरी

केन्द्रीय समिति बैठकमा राजनीतिका मात्रै होइन, आर्थिक विषयमा पनि छलफल हुनुपर्छ : विनोद चौधरी

  • मिडिया डबली
  • आइतवार, आश्विन ७ २०८०

  • 3.8K
    SHARES

  • केन्द्रीय समिति बैठकमा राजनीतिका मात्रै होइन, आर्थिक विषयमा पनि छलफल हुनुपर्छ : विनोद चौधरी

    काठमाडौं - नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले पार्टीले देश विकासको स्पष्ट खाका तयार गर्नुपर्नेमा जोड दिएका छन् । उनले जारी केन्द्रीय समिति बैठकमा राजनीतिक विषयले मात्रै मुलुक बन्न नसक्ने दावी गर्दै पार्टीले आगामी १० वर्षको विकासको खाका सार्वजनिक गर्नुपर्ने बताए । 

    ‘यो पार्टीको अबको दश वर्षको देश विकासको दृष्टिकोण के हो ? हाम्रो विकासको खाका कस्तो हुने हो ? त्यसको कुनै आधिकारिक दस्तावेज पार्टीको केन्द्रीय समितिबाट पारित भएको जानकारी मलाई छैन,’ उनले भने, ‘देशभित्र र र देशबाहिर रहेका नेपालीहरुले हामीलाई हेरिरहेका छन् । यो पार्टीले राजनीतिको कुरा मात्रै गर्छ कि विकासको पनि कुरा गर्छ ? देशबाहिर जान बाध्य भएका नेपालीलाई देशमै फर्काउने स्पष्ट रोडम्याप बनाउनुपर्छ ।’

    उनले पार्टीको केन्द्रीय समिति बैठकमा विकास र आर्थिक एजेण्डामा छलफल गर्नुपर्ने माग गरे । ‘अब अर्काे कार्यसमितिको प्रमुख एजेण्डा नै यिनै अर्थतन्त्र हुनुपर्छ । एक दिन दुई दिन आर्थिक मुद्धामा छलफल हुनुपर्छ । विकास निर्माणका कामहरु ठप्प भएका छन् । उद्योगधन्दाहरु ठप्प छन् । उद्यमीको मर्म हामीले बुझ्न नसक्ने हो भने नेपाल बाहिर रहेका युवाहरुलाई पार्टीसँग जोड्न नसक्ने हो भने आगामी दिन झनै कठिन हुने देखिन्छ,’ उद्योगपतिसमेत रहेका कांग्रेस नेता चौधरीले भने, ‘म आग्रह गर्न चाहन्छु कि फराकिलो दृष्टिकोणले यो पार्टीलाई पुननिर्माण गर्ने तरिकाले आउने केन्द्रीय समिति बैठकले आर्थिक विकासका मुद्धा, नेपालबाहिर रहेका नेपालीलाई स्वदेश फर्काउने मुद्धालाई, रोजगारको वातावरण सिर्जना गर्ने मुद्धामा छलफल हुनुपर्छ ।’

    उनले पार्टीमा संघर्ष गरेका, जेलनेल भोगेका नेताहरुसँगसँगै मुलुकलाई योगदान दिन सक्ने क्षमतावान व्यक्तिहरुलाई पनि अवसर दिनुपर्ने धारणा राखे । ‘अबको निर्वाचनमा २० लाख युवा मतदाता थपिदैछन् । सर्वाेच्च अदालतको निर्देशन अनुसार विदेशमा रहेका नेपालीलाई पनि समेट्दा यो संख्या झण्डै ५० लाख हुन्छ । नयाँ सोच बोकेका, नयाँ दृष्टिकोण बोकेका, नेपाललाई एउटा विकसित राष्ट हेर्न खोजेका नेपालीलाई समेट्ने कांग्रेसको रणनीति के हो  ? त्यसका आधारशीला के हुन् ? यो पुरानो पार्टीलाई पुरानै ढर्रामा चलाउँदा ति ५० लाखको नेतृत्व गर्न सक्छ कि सक्दैन ? हामीले सोच्नुपर्ने बेला आएको छ,’ उनले भने ।

    प्रतिनिधिसभा सदस्यसमेत रहेका नेता चौधरीले केहि गर्न खोज्ने, सक्षम अनुभवी व्यक्तिहरुलाई कन्फ्लिक्ट अफ इन्ट्रेष्टका नाममा पाखा लगाइने गरेकोमा असन्तुष्टि व्यक्त गरे । उनको भनाई छ, ‘जीवनभर राजनीति गर्ने मान्छेले मात्रै विकास गर्न सक्छ भन्ने दृष्टिकोणलाई अगाडि ल्याइन्छ । मलाइ लाग्छ, यो मानसिकतामा परिवर्तन ल्याउन सकेनौं  भने आगामी दिनमा झन् कठिनाई हुन्छ ।’ कांग्रेस केन्द्रीय समिति बैठक असोज ४ गतेदेखि जारी छ 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, भाद्र २६ २०७९०९:२९:१५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend