आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images
राजनीतिक बिशेष

कोशी सरकारविरुद्धको रिटमा सुनुवाइ आज हुने

कोशी सरकारविरुद्धको रिटमा सुनुवाइ आज हुने

  • मिडिया डबली
  • आइतवार, भाद्र १७ २०८०

  • 1.8K
    SHARES

  • कोशी सरकारविरुद्धको रिटमा सुनुवाइ आज हुने

    काठमाडौं - कोशी सरकारविरुद्धको रिटमा सर्वोच्च अदालतमा आइतबार सुनुवाइ हुने भएको छ ।

    गत शुक्रबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाले आफ्नो इजलासमा परेको उक्त मुद्दाको सुनुवाइमा बस्न नमानेपछि सुनुवाइ स्थगित भएको थियो । रिटको पेशी आइतबारका लागि तोकिएको हो ।

    मुख्यमन्त्री उद्धव थापाले असंवैधानिक रूपमा विश्वासको मत लिएको भन्दै एमाले कोसी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले रिट दायर गरेका थिए।

    कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङ र मुख्यमन्त्री थापा लगायतलाई विपक्षी बनाई दायर गरेको रिट निवेदनमा न्यायाधीश खतिवडाको इजलासबाट अन्तरिम आदेश भएकाले खतिवडाले सुनुवाई गर्न नमानेका थिए।

    सर्वोच्चले मूख्यमन्त्री थापालाई दीर्घकालीन असरका निर्णय नगर्न अन्तरिम आदेश जारी गरेको थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, श्रावण १७ २०८००९:४०:०६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend