आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

कांग्रेसका नेता उद्धव थापालाई मुख्यमन्त्री बनाउने गरी प्रस्ताव पेस गर्न गठबन्धनको निर्देशन

कांग्रेसका नेता उद्धव थापालाई मुख्यमन्त्री बनाउने गरी प्रस्ताव पेस गर्न गठबन्धनको निर्देशन

  • मिडिया डबली
  • बिहिवार, आषाढ २१ २०८०

  • 2.6K
    SHARES

  • कांग्रेसका नेता उद्धव थापालाई मुख्यमन्त्री बनाउने गरी प्रस्ताव पेस गर्न गठबन्धनको निर्देशन

    काठमाडौं - केन्द्रीय सत्ता गठबन्धनले कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री बनाउने गरी प्रस्ताव पेस गर्न प्रदेश गठबन्धनलाई निर्देशन दिएको छ ।

    बिहिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रको सत्ता गठबन्धन बैठकले मुख्यमन्त्रीमा आज ५ बजेसम्म नेपाली थापालाई मुख्यमन्त्री बनाउने गरी प्रस्ताव पेस गर्न निर्देशन दिएको बैठकमा सहभागी नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिएका छन्।

    कोशी प्रदेशमा सरकार गठनको दाबी पेस गर्न प्रदेश प्रमुखले दिएको समयसीमा आज ५ बजे सकिँदैछ । विश्वासको मत नपाएर एमालेका हिक्मतकुमार कार्की नेतृत्वको सरकार ढलेपछि प्रदेश प्रमुख परशुराम खापुङले सरकार गठनका लागि दाबी पेस गर्न ५ दिनको समयसीमादिएका हुन्।

      केन्द्रीय गठबन्धनमा सहभागी दलका प्रदेश सांसदहरुको संख्या सभामुख बाबुराम गौतम सहित ४७ पुग्छ । सरकार गठनका लागि आवश्यक संख्या पनि ४७ नै हो ।

    ९३ सदस्यीय कोशी प्रदेश सभामा एमालेका ४०,राप्रपाका ६ जना सांसद रहेका छन् । त्यसैगरी कांग्रेसका २९,माओवादीका सभामुख बाबुराम गौतम सहित १३,नेकपा एकीकृत समाजवादीका ४ र जनता समाजवादीका १ जना सांसद छन् ।

    एमालेलाई भने राप्रपाको समर्थन रहेको छ । सभामुख बाहेक दुबै पक्षमा ४६–४६ जना सांसद हुन्छन् । यस्तो अवस्थामा सभामुखदे निर्णायक मत दिन पाउने व्यवस्था छ । तर एमाले र राप्रपाले भने सरकार गठनको दाबी पेस गर्दा सभाभुखले हस्ताक्षर गर्न नपाउने बताईरहेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, श्रावण १७ २०८००४:२४:५०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend