आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images
राजनीतिक बिशेष

कांग्रेस नेता उद्धव थापा कोशीको मुख्यमन्त्री बन्ने, प्रदेश प्रमुखसमक्ष बुझाए निवेदन

कांग्रेस नेता उद्धव थापा कोशीको मुख्यमन्त्री बन्ने, प्रदेश प्रमुखसमक्ष बुझाए निवेदन

  • मिडिया डबली
  • मंगलवार, श्रावण १६ २०८०

  • 3.0K
    SHARES

  • कांग्रेस नेता उद्धव थापा कोशीको मुख्यमन्त्री बन्ने, प्रदेश प्रमुखसमक्ष बुझाए निवेदन

    काठमाडौं - कोशी प्रदेशमा बहुमतको सरकार बनाउन सत्तारुढ गठबन्धनले दाबी पेस गरेको छ ।

    मंगलबार प्रदेश प्रमुख परशुराम खापुङसमक्ष कांग्रेसका उद्धव थापाले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् । थापासँगै माओवादीका इन्द्रबहादुर आङ्बो र एकीकृत समाजवादीका राजेन्द्र राई पनि प्रदेश प्रमुख कार्यालय पुगेका थिए ।

    अब प्रदेश प्रमुख खापुङले कांग्रेसका थापालाई मुख्यमन्त्री नियुक्त गर्ने छन् । यसअघि पनि उनी नै मुख्यमन्त्री थिए । सर्वोच्च अदालतले असार २१ गते उनको मुख्यमन्त्री नियुक्ति प्रक्रिया संवैधानिक नभएको भन्दै खारेज गरेको थियो ।

    थापालाई मुख्यमन्त्री नियुक्त गर्न आजै सभामुख बाबुराम गौतमले पदबाट राजीनामा दिएर बहुमत जुटाउन सघाएका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, श्रावण १७ २०८००४:२४:५०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend