काठमाडौं - कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले बुधबार पद तथा गोपनियताको शपथ ग्रहण गर्ने भएका छन्।
बिहान साढे १० बजे मुख्यमन्त्री थापाले शपथ लिने कार्यक्रम तय भएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ। उनलाई प्रदेश प्रमुख परशुराम खापुङले शपथ ग्रहण गराउने भएका हुन्।
थापा २६ दिनमा दुई पटक मूख्यमन्त्री नियुक्त भएका छन् । सभामुख बाबुराम गौतमले पदबाट राजीनामा दिएपछि पुनः उनकै मत प्रयोग गरेर बहुमतसहित दाबी पेश गरेपछि प्रदेश प्रमुख खापुङले थापालाई मुख्यमन्त्री नियुक्त गरेका हुन्।
यसअघि सभामुख गौतमले नै समर्थन गरेका कारण सर्वोच्चले थापाको नियुक्ति असंवैधानिक ठहर गरेको थियो । ९३ सदस्यीय कोशीमा सरकार गठनका लागि ४७ सांसदको समर्थन आवश्यक पर्दछ ।
सभामुख गौतमलाई राजीनामा गराइएको भए पनि उपसभामुखले पनि राजीनामा दिएको अवस्थामा सत्ता गठबन्धनलाई अर्को समस्या आईलाग्ने देखिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।