आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images
राजनीतिक बिशेष

कोशीमा कामचलाउ मुख्यमन्त्री को भन्ने विषयले लफडा निम्तिँदै

कोशीमा कामचलाउ मुख्यमन्त्री को भन्ने विषयले लफडा निम्तिँदै

  • मिडिया डबली
  • शुक्रवार, श्रावण १२ २०८०

  • 2.4K
    SHARES

  • कोशीमा कामचलाउ मुख्यमन्त्री को भन्ने विषयले लफडा निम्तिँदै

    काठमाडौं - सर्वोच्च अदालतको फैसलासँगै कोशी प्रदेशमा कामचलाउ मुख्यमन्त्री को भन्ने लफडा निम्तिने देखिएको छ ।

    सर्वोच्चको फैसलाले वर्तमान मुख्यमन्त्री उद्धव थापा पदमुक्त भएका छन् । तर तत्कालीन मुख्यमन्त्री हिक्मत कार्कीलाई पुनर्बहाली गर्न फैैसला मौन छ ।

    तैपनि एमाले नेताहरू कार्की नै एक साता मुख्यमन्त्री बन्ने बताइरहेका छन् । कतिसम्म भने कार्कीले आजै कामचलाउ मुख्यमन्त्रीको हैसियतमा काम गर्ने दाबी गरिरहेका छन् ।

    २०७७ मा सर्वोच्च अदालतको परमादेशसँगै केपी ओली प्रधानमन्त्रीबाट पदमुक्त भएका थिए । तर शेरबहादुर देउवाले पद तथा गोपनीयताको शपथ नलिएसम्म ओली नै कामचलाउ प्रधानमन्त्री थिए । अहिले कोशी प्रदेशमा पनि त्यही हो ।

    जबकि हिक्मत कार्की विश्वासको मत नपाएर पहिल्यै पदमुक्त भइसकेका थिए । सर्वोच्चले कोशी प्रदेश सरकारका मुख्यमन्त्री थापाको नियुक्ति बदर गर्दै सात दिनभित्र प्रदेश सभाको बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई मुख्यमन्त्री नियुक्ति गर्न आदेश दिएको छ ।

    सर्वोच्चले कोशी सरकार गठनमा सभामुख बाबुराम गौतमको हस्ताक्षर त्रुटिपूर्ण भएको ठहर गर्दै नियुक्ति प्रक्रिया संविधानप्रतिकूल देखिएकाले उत्प्रेषणको आदेशले बदर गरेको हो ।

    न्यायाधीश तिलप्रसाद श्रेष्ठ, आनन्दमोहन भट्टराई र ईश्वरप्रसाद खतिवडाको पूर्ण इजलासले कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि सात दिनको समय दिएको छ ।

    हिक्मत कार्की निवेदक रहेको रिटउपर बिहीबार सर्वोच्चको पूर्ण इजलासले १७ साउनभित्र पुनः धारा १६८ (२) बमोजिमको सरकार गठनका लागि प्रक्रिया थाल्न आदेश दिएको हो ।

    इजलासले कार्कीको रिट खारेज गरे पनि प्रदेश प्रमुख परशुराम खापुङका नाममा परमादेश जारी गरेको छ । ‘नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सरकार गठन गर्न मिल्ने नै अवस्था रहेको र जुन बिन्दुबाट संविधानको प्रयोग र पालनामा त्रुटि भएको हो, सोही अवस्थाबाट संविधानसम्मत तवरले प्रक्रिया अगाडि बढाउनु मनासिब हुने देखिएको हुँदा आजका मितिले सात दिनभित्र (२०८०–४–१७ गतेभित्र) नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सभाको बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई मुख्यमन्त्री पदमा नियुक्त गर्नू भनी प्रत्यर्थी कोसी प्रदेशका प्रदेश प्रमुखसमेतका नाममा परमादेश जारी हुने ठहर्छ,’ पूर्ण इजलासको संक्षिप्त आदेशमा छ ।

    एमाले नेताहरू अदालतको फैसलामा सभामुखको हस्ताक्षरसहित पेस भएको त्रुटिपूर्ण दाबीपत्रलाई मान्यता दिई प्रदेश प्रमुखबाट उद्धव थापालाई मुख्यमन्त्री पदमा असार २१ गते गरिएको नियुक्ति र तत्सम्बन्धमा भए गरिएका काम कारवाही नेपालको संविधान प्रतिकूल देखिएकाले उत्प्रेषणको आदेशबाट बदर हुने ठहर्छ भनेकाले उनको नियुक्ति नै बदर भएकाले कार्की स्वतः पुनर्बहाली भएको दाबी गरिरहेका छन् ।

    तर वर्तमान गठबन्धन सरकार भने एमालेको दाबीमा कुनै सत्यता नभएको बताइरहेका छन् । यसले कोशीमा को कामचलाउ मुख्यमन्त्री भन्ने लफडा निम्तिने देखिएको हो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, श्रावण १७ २०८००४:२४:५०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend