काठमाडौं - ललिता निवास जग्गा हिनामिना प्रकरणमा ५२ जनाबाट जग्गा जफत गर्न मागदाबी गर्दै मुद्दा दायर गरिएको छ ।
जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले आइतबार ५२ जनाबाट जग्गा जफत गर्न मागदाबी गर्दै जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरिएको हो ।
उनीहरुमाथि किर्तेको अभियोग भने छैन, तर किर्ते कामबाट जोडिएको जग्गा किनेकाले त्यो जग्गा जफत गर्ने प्रयोजनका लागि प्रतिवादी बनाइएको छ ।
ललिता निवास जग्गा हिनामिना प्रकरणबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले गतहप्ता अनुसन्धान गरेर मुद्धा चलाउन रायसुझाव सहितको प्रतिवेदन बुझाएको थियो ।
जिल्ला सरकारी वकिलको कार्यालयले बालुवाटारस्थित प्रधानमन्त्री निवास वरपरको सरकारी जग्गाको कागजात किर्ते गरी व्यक्तिको नाममा पु¥याएको भन्दै चार पूर्व मन्त्रीसहित २९० जनाबिरूद्ध आइतबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।