बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images
राजनीतिक बिशेष

ललिता निवास जग्गा हिनामिना प्रकरणमा पूर्व उपप्रधानमन्त्री गच्छदार सहित २९० जना बिरुद्ध मुद्दा दायर

ललिता निवास जग्गा हिनामिना प्रकरणमा पूर्व उपप्रधानमन्त्री गच्छदार सहित २९० जना बिरुद्ध मुद्दा दायर

  • मिडिया डबली
  • आइतवार, भाद्र १० २०८०

  • 2.9K
    SHARES

  • ललिता निवास जग्गा हिनामिना प्रकरणमा पूर्व उपप्रधानमन्त्री गच्छदार सहित २९० जना बिरुद्ध मुद्दा दायर

    काठमाडौं - सरकारी वकिलको कार्यालय, काठमाडौंले बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिनामा प्रकरणमा संलग्न २ सय ९० जनाबिरुद्ध मुद्धा लायर गरेको छ ।

    सरकारी वकिलको कार्यालयले आइतबार उनीहरुबिरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दम दायर गरेको हो । सरकारी वकिलको कार्यालयले पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदार सहित चारजना पूर्वमन्त्री, ६ पूर्वसचिव, भाटभटेनी सुपरकार्मेटमा संचालक मीनबहादुर गुरुङ, बहालवाला सचिव कृष्णबहादुर राउत र सहसचिव सुशील वैद्य समेत गरी २९० जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

    प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले गत हप्ता ललिता निवास जग्गा हिनामिनाबारे अनुसन्धान गरेर सरकारी वकिलललाई संगठित अपराधमा मुद्दा चलाउन राय सहितको प्रतिवेदन बुझाएको थियो । तर संगठित अपराधमा प्रमाण नपुग्ने भन्दै सरकारी वकिल कार्यालयले किर्तेमा मात्र मुद्दा चलाउने निर्णय गरेको छ ।

    संगठित अपराध सम्बधी कानुन जारी हुनुभन्दा पहिले ललितानिवास जग्गा अनियमितता भएको निष्कर्षसहित सरकारी वकिलको कार्यालयले किर्तेको अभियोगमा मात्रै कारबाही गर्ने माग दाबी लिएको हो । संगठित अपराध सम्बन्धि कानुन २०७० सालमा जारी भएको थियो । तर ललिता निवास जग्गा हिनामिना त्यस अघि नै भएको थियो ।

    त्यस्तै ललिता निवास जग्गा प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालयले ५२ जनाबाट जग्गा जफत गर्न मागदाबी गरेको छ ।

    उनीहरुमाथि किर्तेको अभियोग भने छैन, तर किर्ते कामबाट जोडिएको जग्गा किनेकाले त्यो जग्गा जफत गर्ने प्रयोजनका लागि प्रतिवादी बनाइएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र ११ २०८०१२:२७:२८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend