काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत भइरहेका अधिवेशनमा मोरङ जिल्लाबाट उपसभापति विजयकुमार गच्छदारका छोरा सुभाष गच्छदारले पार्टीमा सानदार ‘इन्ट्री’ गरेका छन् ।
पार्टीमा सुरूमै महाधिवेशन प्रतिनिधिजस्तो ठूलो पद पाउँदै गच्छदार पार्टी राजनीतिमा सक्रिय भएका छन् ।
मोरङ जिल्लाको निर्वाचन क्षेत्र नम्बर ६ बाट कांग्रेस उपसभापति गच्छदारका छोरा सुभाष गच्छदार महाधिवेशन प्रतिनिधिमा निर्विरोध निर्वाचित भएका हुन् । सुभाष थारु कोटाबाट महाधिवेशन प्रतिनिधि बनेका छन् ।
ललितानिवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेपछि उपसभापति गच्छदार राजनीतिबाट छायाँमा परेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।