काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेस १४औं महाधिवेशनमा उपसभापति पदको मतपरिणामप्रति सभापति शेरबहादुर देउवा पक्षका उम्मेदवार विजयकुमार गच्छदारले असहमति जनाउँदै पुनः मतगणनाको माग गरेका छन् ।
उम्मेदवार गच्छदारले पुनः मतगणना हुनुपर्ने माग सहितको निवेदन कांग्रेस केन्द्रीय कार्यालयमा बुझाएका छन् ।
यसअघि निर्वाचन समितिले देउवा पक्षका पूर्णबहादुर खड्का र शेखर कोइराला पक्षका धनराज गुरुङले उपसभापतिमा जितेको अनौपचारिक रूपमा जानकारी दिए पनि औपचारिक घोषणा भएको छैन ।
शेखर कोइराला प्यानलका धनराज गुरुङ १ हजार ९०८ मत ल्याएर विजयी भएका छन् भने गच्छदारले १ हजार ९०६ मत पाएका छन् । २ मतले मात्रै पराजित भएका गच्छदारले पुनः मतगणनाको आवाज उठाएका छन् । गच्छदारको मागबारे निर्वाचन समितिले निर्णय लिइसकेको छैन ।
यसअघि उम्मेदवार धनराजले समेत १०० मत पुनः गणना गराएका थिए । बुधवार उपसभापति पदको मतगणना कांग्रेस केन्द्रीय कार्यालयमा सानेपामा भएको हो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।